प्रकाश कटुवालको आवाजमा ‘आधा किलो सुन’ (भिडियोसहित)

गायिका जमुना सनम र गायक प्रकाश कटुवालको आवाजमा रहेको तीज गीत ‘आधा किलो सुन’ को युट्युबमा भिडियो सार्वजनिक भएको छ ।

नेपाली नारीहरुको महान पर्व हरितालिका तिजलाई लक्षित गरेर गीत तयार गरिएको छ । गीतमा तिजको गरिमाका साथै सास्कृतिक महत्वलाई समेत समेटिएको छ ।

गीतमा शब्द तथा संगीतसंगै संगीत संयोजन समेत राजु सुनामको रहेको छ । भिडियोमा कोरीयोग्राफी नवराज उप्रेतीको रहेको छ भने भिडियोमा जुना सन्दास , रमेश थापा,र नवराज रिजालको अभिनय रहेको छ ।

भिडियो निर्देशन देवेन्द्र तिम्सिनाले गरेका छन् । ‘आधा किलो सुन’ गीतको पूरा भिडियो हेर्नुहोस्–

याे पनि पढ्नुस  विनोद र गोमाको स्वरमा ‘चट्टपरि साईतमा’ गीत सार्वजनिक

कमेन्ट गर्नुहोस्

error: Content is protected !!