वडा कार्यालयमा अज्ञात समूहद्वारा आगजनी

सिन्धुपाल्चोक, साउन १५ । मेलम्ची नगरपालिका १० शिखरपुर वडा कार्यालयमा अज्ञात समुहले आगजानी गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डिएसपी) माधव काफ्लेका अनुसार अज्ञात समूहले वडा कार्यालयको ढोकाको ताल्चा काटेर भित्र गई कागजात एक ठाँउमा थुपारेर आगो लगाइएको बताएका छन् । ताल्चा काट्न प्रयोग गरिएको हाक्सो ब्लेड प्रहरीले घटनास्थलबाट बरामद गरेको बताएको छ । आगजनी गर्ने समुहको अनुसन्धान र खोजीकार्य जारी रहेको डिएसपी काफ्लेले बताए ।

मेलम्ची नगरपालिका १० शिखरपुर वडाका वडा अध्यक्ष भरतबहादुर खड्काले सो घटना १५ गते बिहानीपख भएको स्थानीयको भनाईलाई उद्दत गदैँ जानकारी दिएका छन् । आगजानीका कारण महत्वपूर्ण कागजजात जलेर नष्ट भएको तर कम्प्युटरमा भने कुनै क्षति नपुर्याइएको वडा अध्यक्ष खड्काले बताए । गोरखापत्रदैनिकबाट

कमेन्ट गर्नुहोस्

error: Content is protected !!