राजधानीमा युटिसीको चौथो मेनेजमेन्ट फेस्टिवल तथा वृहत मोटिभेसनल सेमिनार हुने

काठमाडौं, साउन १५ । नेपालमा व्यवस्थापन शिक्षा अध्ययनको गुणस्तरीय वातावरण र दक्ष शैक्षिक संस्था तथा उपलब्ध विषयहरुका सम्बन्धमा जानकारी दिँदै सफल करिअर निर्माणका लागि विद्यार्थीहरुमा उत्प्रेरणा जगाउने उद्देश्यले युनिभर्सल टिच कन्सल्ट प्रालिले साउन १४ र १५ गते हेराल्ड चौथो मेनेजमेन्ट फेस्टिवल तथा वृहत मोटिभेसनल सेमिनारको आयोजना गर्दै छ ।

मेलाको पहिलो दिन विद्यार्थी र कलेजहरुबीच अन्तर्क्रिया र परामर्शको कार्यक्रम छ । उक्त दिन प्रमुख अतिथिका रुपमा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल हुनुहुने कार्यक्रम रहेको छ । मेलामा देश तथा विदेशका प्रमुख विश्व विद्यालय अन्र्तगतका व्यवस्थापन तथा आइटी संकायका करिब ३० वटा कलेजहरुको स्टल रहने छ, जसबाट विद्यार्थीले विभिन्न कोर्ष, स्कोप, भर्ना प्रक्रिया, शुल्क एवं सफल करिएर निर्माणको वारेमा जानकारी लिनेछन् ।

याे पनि पढ्नुस  दक्षिण कोरियाको चुम्लुङ र इलामेली समाजद्वारा कोरियामा निधन भएका टुकेन लिम्बूको परिवारलाई सहयोग

दोस्रो दिन युवानेता माधव ढुङ्गेल, नेका प्रवत्ता विश्वप्रकाश शर्मा, युवा उद्यमी, सफल बैकंर, मोटिभेशनल स्पिकर तथा अन्य कलाकारबाट विद्यार्थीहरुलाई आफ्नो सुनिश्चित करिअर निर्माणमा प्रतिबद्ध बनाउँदै उपयुक्त शैक्षिक संस्थाको वातावरण निर्माण गर्न युवा उत्प्रेरणा तथा मनोरञ्जन दिने कार्यक्रमको आयोजना गरिएको युनिभर्सल टिच कन्सल्टका अध्यक्ष लक्ष्मण लामिछानेले बताए ।

विद्यार्थीहरुले विदेशिनुभन्दा देशमै रहेर देशको विकास गर्नतर्फ पे्ररित गराउने मेलाको मुख्य उदेश्य रहने आयोजकको भनाइ थियो ।
कार्यक्रमको मुख्य प्रायोजनमा हेराल्ड कलेज रहेको छ भने सहप्रायोजकमा गोल्डेन गेट, प्रेसीडेन्टल, टेक्सास र नामी कलेज रहेको छ भने अन्य कलेजको पनी सम्मानजनक सहयोग रहेको आयोजकको भनाई छ ।

याे पनि पढ्नुस  एकता मञ्चद्वारा सहयोग रकम हस्तान्तरण

नेपालमै गुणस्तरिय शिक्षामार्फत दक्ष जनशक्ति उत्पादनको मुख्य उद्देश्यसहित व्यवस्थापकीय, आर्थिक एवं लेखा क्षेत्रमा विभिन्न परामर्श, कार्यशाला तथा तालिम गराउने उद्देश्यले युनिभर्सल टिच कन्सल्ट प्रालि क्रियाशील छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!