कतिमा कारोबार भइरहेको छ सुनको भाऊ ?

काठमाडौं, साउन १५ । साताको चौथो दिन बुधबार बजारमा सुनको भाऊमा कुनै परिवर्तन भएको छैन ।

मंगलबार प्रतितोला सुनको मूल्य ६५ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो भने आजपनि प्रतितोला सुनको मूल्य ६५ हजार २ सय रुपैयाँमै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

यस्तै, मंगलबार तेजावी सुनको मूल्य ६४ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो भने आजपनि प्रतितोला सुनको मूल्य ६४ हजार ९ सय रुपैयाँमै कारोबार भइरहेको छ ।

याे पनि पढ्नुस  यस्तो छ सुनको भाऊ

त्यसैगरी, बुधबार बजारमा चाँदीको मूल्य तीन रुपैयाँले बढेको छ ।

बुधबार चाँदी प्रतितोला ७ सय ७५ रुपैयाँमा कारोबार भइरहेको थियो भने आजपनि चाँदी प्रतितोला ७ सय ८० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!