प्रहरीको गाडीलाई निशाना बनाएर विष्फोट, ५ को मृत्यु

 

बलुचिस्तान । पाकिस्तानको हिंसाग्रस्त क्षेत्र बलुचिस्तान प्रान्तको राजधानी क्वेटामा प्रहरीको एउटा गाडीलाई निशाना बनाएर विष्फोट गरिएको छ ।

मंगलबार भएको विष्फोटमा दुई प्रहरीसहित पाँच जनाका मृत्यु भएको छ । घटनामा ३८ जना घाइते भएको पाकिस्तान प्रहरीले जनाएको छ ।

प्रहरी उप महानिरिक्षक अब्दुल रज्जाक चीमालाई उदृत गर्दै जियो टिभीले उल्लेख गरेको समाचार अनुसार, विष्फोट नगर प्रहरी थाना अन्तर्गत बाचा खा चौक नजिक रोकिएको प्रहरीको गाडी निकट भएको थियो ।

अहिलेसम्म घटनाको कसैले जिम्मेवारी लिएका छैनन ।

याे पनि पढ्नुस  पाकिस्तानले भारतलाई किन दिएन मिठाइ ?

कमेन्ट गर्नुहोस्

error: Content is protected !!