हराएको २ दिनपछि जंगलमा सकुशल भेटिइन् बालिका

ताप्लेजुङ, साउन १५ । ताप्लेजुङको सिरिजंघा गाउँपालिका–१ की दुई वर्षिया बालिका सुम्निमा लिम्बु हराएको दुई दिनपछि सकुशल फेला परेकी छिन्। साउन १२ गते दिउँसो घरैबाट हराएकी लिम्बुलाई प्रहरीले नजिकैको जंगलमा मंगलबार फेला पारेको हो ।

बालिकाका बाबुआमा काममा गएका थिए । बालिका हजुरबासँग घरमै बसेकी थिइन् । उनी कसरी जंगलमा पुगिन् भन्ने विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख डिएसपी सञ्जय सिंह थापाले बताए । “घटनाको थप अनुसन्धान भइरहेको छ,” घटनास्थल पुगेका डिएसपी थापाले भने ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!