भारतीय क्रिकेटर पृथ्वीमाथि ८ महिना प्रतिवन्ध

काठमाडौं । भारतीय क्रिकेट टिमका युवा ब्याट्सम्यान पृथ्वी शामाथि भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)ले ८ महिना प्रतिबन्ध लगाएको छ । डोप टेस्टका क्रममा फेल भएकाले उनीमाथि प्रतिबन्ध लगाइएको हो । पृथ्वीमाथिको प्रतिबन्ध १६ मार्चदेखि सुरु भइसकेको छ। यसको म्याद १५ नोभेम्बर २०१९ मा सकिनेछ।

बीसीसीआइले भनेको छ, ‘शाले इन्दोरमा २२ फेब्रुअरी २०१९ मा सेयद मुश्ताक अली ट्रफीको खेलमा दौरानमा बीसीसीआइको डोपिङ रोधी परीक्षण कार्यक्रममा मूत्रको नमूना उपलब्ध गराएका थिए । त्यसपछि उनको नमूना परीक्षण गरिएको थियो । र, परीक्षण गर्दा टरबुटालाइन भेटिएको थियो । टरबुटालाइन प्रतिबन्धित सूचीमा सामेल पर्दाथ हो ।’ पृथ्वी चोटकाकारण भारतीय टिम बाहिर हुँदै आएका थिए ।

पृथ्वीमाथि मात्रै होइन प्रतिवन्ध
पृथ्वीसँगै क्रिकेटर अक्षय दुल्लार्वार, राजस्थानका दिव्य गजराजलाई पनि प्रतिवन्ध लगाइएको छ । पृथ्वीले अन्तिम अन्तर्राष्ट्रि टेस् खेल २३ अक्टुबर २०१८ मा वेस्ट इन्डिजविरुद्ध खेलेका थिए । उनले अहिलेसम्म भारतका लागि २ टेस्ट खेलेका छन् । पृथ्वीको नाममा एक शतक र एक अर्धशतक छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!