कलुवापुर–बेलौरी सडक खण्डलाई हुलाकी सडक परियोजना अन्तर्गत राख्न सांसद भट्टद्वारा यातायामन्त्रीलाई ध्यानाकर्षण

कञ्चनपुर, साउन १४ । कलुवापुर–बेलौरी सडक खण्डलाई हुलाकी सडक परियोजना अन्तर्गत राख्न माग गरिएको छ । मंगलबार प्रतिनिधि सभा सदस्य लेखराज भट्ट एवम् नेकपाका युवा नेता पल्लब राज भट्ट लगायतको टोलीले भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबीर महासेठलाई माग पत्र बुझाएका हुन् । मन्त्री महासेठले उक्त मागलाई सम्बोधन गर्दै तत्काल काम प्रक्रियागत रुपमा अगाडि बढाउने विश्वास व्यक्त गरे ।

प्रतिनिधि सभा सदस्य लेखराज भट्टद्धारा हस्ताक्षरित पत्रमा उल्लेख गरिएको छ

(१) दाङ, बर्दिया, कैलाली लगायतका जिल्लाहरुमा निर्माण गरिए अनुरुप कञ्चनपुर जिल्लाको एक मात्र उत्तर दक्षिण जोड्ने ‘कलुवापुर–बेलौरी मदन आश्रीत मार्ग’ हुलाकी सडक परियोजना अन्तरगत राखी दुई लेनको सडक निमार्णको कार्य तत्काल अघि सारियोस् ।

(२) कैलाली र कञ्चनपुरमा निर्माणाधिन हुलाकी राजमार्ग अन्तर्गत सर्भे भएका निम्न पुलहरु निर्माणका लागि तत्काल टेण्डर गरि निमार्ण कार्य अघि बढाइयोस् र सर्भे नभएका तर पुल निर्माण गर्न आवश्यक रहेका निम्न स्थानहरुमा समेत तत्काल सर्वे गराई काम सुरु गरियोस् ।

२.१) कञ्चनपुर जिल्लाको डोकेबजार–बेलौरी–बेलडाडी–दैजी (६२ कि.मि.)

सडक अन्तरगत सर्भे भएका तत्काल टेन्डर गर्नु पर्ने पुलहरु
क) सिमरी खोला पुल (८१५० कि.मि.)
ख) झरना खोला पुल (३७९०० कि.मि)
ग) अमखैया पुल (६५१२० कि.मि)

सर्वे नभएका पुल बनाउनु पर्ने ठाउँहरु

क) टि.सि.यन नाला कलकत्ता (३४ः १४० कि.मि)
ख) खप्टी नाला (२८१०० कि.मि)
ग) श्याम खोला बेलडाडी (२८५०० कि.मि)

२.२) कैलाली जिल्लाको क्याम्पस चोक देखि मोहना पुल (०००–६६५६ कि.मि)

सडक खण्डमा सर्भे भई सकेका तर ठेक्कका ब्वस्थापन तत्काल गर्नु पर्ने पुलहरु

क) राधा स्वामी खोला पुल (११५० कि.मि)
ख) धनगढी १ र २ जोड्ने कैलाली नाला पुल– (३१३० कि.मि)

३) डोकेबजार–बेलौरी–बेलडाडी–दैजी सडकखण्डको बेलौरी बजार क्षेत्र पानी जम्ने क्षेत्र भएकोले उक्त करिब ३५० मीटर सडकखण्डमा पूर्ण आर.सि.सी. ढलान गरी दुबैतिर पक्की नालीसहित निर्माण गरियोस् ।

(४) सत्ती—भजनी—धनगढी (३१००–४९०० कि.मि) निर्माणधिन सडकको २ कि.मि. बसन्ता वन क्षेत्रको अझैसम्म कटान आदेश नपाएका कारण निर्माण कार्यमा अवरोध भइरहेकोले अबिलम्ब काटान आदेश लिएर कार्य अगाडि बढाइयोस् ।

५) हुलाकी राजमार्ग योजना कार्यालय धनगढीलाई आवश्यक प्राबिधिक जनशक्ती थप गर्दै साधन स्रोत सम्पन्न बनाई ब्यवस्थित गरियोस् ।

चार दशकदेखि सो सडक खण्ड अलपत्र अवस्थामा छ । पछिल्लो समयमा ठेकेदारको लापर्वाहीका कारण उक्त सडक खण्डको काम अलपत्र रहेको हो । नेता भट्टले कलुवापुर बेलौरी सडक खण्डलाई प्रदेश सरकारले गौरबको योजनामा राख्नु स्वागत योग्य कुरा भएको तर यसलाई प्रदेशको स्रोतले तत्काल सम्पन्न गर्न नसक्ने भएकोले उक्त सडक खण्डलाई हुलाकी परियोजना अन्तर्गत राखिनुपर्ने माग पेश गरेका हुन् ।

नेता भट्टले कलुवापुर बेलौरी सडक खण्ड फराकिलो भएमात्रै यस क्षेत्रको समग्र सम्बृद्धि सम्भव भएको हुँदा सुरु देखि नै यस विषयमा आफू लागि परिरहेको जिकिर गरे । सडक निर्माणको ठेक्का पाएको सन्तोषी थेगिम जेभि कम्पनीको चरम लापर्वाहीका कारण कलुवापुर–बेलौरी सडक खण्डको काम अलपत्र रहेको छ ।

निर्माण कम्पनीले सडक कालेपत्रेको ठेक्का पाए पश्चात काममा ढिलाइ गर्दै पटकपटक म्याद थपेर दक्षिणी क्षेत्रको विकास र सम्बृद्धि संग खेलवाड गरेको स्थानीयहरुको गुनासो छ ।

निर्माण कम्पनीले २०७३ भाद्र १७ गते ठेक्का सम्झौता गरि २०७५ जेष्ठ १६ गते भित्र निर्माणकार्य सम्पन्न गर्ने सहमति गरेको थियो । तर काममा लापर्वाही गरी विकास निर्माणमा अवरोध सिर्जना गरेकाले उक्त म्याद सकिएको निर्माण कम्पनिको ठेक्का रद्द गरी नयाँ ढंगले हुलाकी सडक परियोजनाको नियम अनुसार उक्त सडक खण्डलाई हुलाकी सडकमा गाभ्न नेकपा का नेता पल्लव राज भट्टले जोड दिएका हुन् ।

साथै, निर्वाचित सांसद तथा जनप्रतिनिधीहरु लाई यस विषयमा चिन्ता र चाँसो नहुनुले जनतामा नैराश्यता छाएको नेता भट्टको ठहर छ । तर अब हुलाकी सडक परियोजना अन्तर्गत बाट काम सम्पन्न हुनेमा आफू विश्वस्त रहेको बताउँदै आदरणीय क्षेत्र वासीहरुमा ढुक्क रहन विश्वास व्यक्त गरे ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!