विप्लव नेकपाकी काठमाडौं सेक्रेटरी पक्राउ

काठमाडौं, साउन १७ । नेत्र बिक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका काठमाडौं सेक्रेटरी धीरेन्द्रा उपाध्याय पक्राउ परेकी छिन् । विप्लव समूह निकट अखिल नेपाल महिला संघकी महासचिव समेत रहेकी धीरेन्द्रालाई प्रहरीले आज बुढानिलकण्ठ क्षेत्रबाट पक्राउ गरेको हो ।

प्रतिवन्धित विप्लव नेतृत्वका नेतालाई प्रहरीले खोजी तिब्र बनाएको छ । केही साता अघि मात्र विप्लव समूह निकटका माईला लामालाई प्रहरीले उपत्यकाबाट नियन्त्रणमा लिएको थियो ।

कमेन्ट गर्नुहोस्

याे पनि पढ्नुस  लागूऔषधसहित दुई पक्राउ
error: Content is protected !!