दैनिक १० जना भ्रष्टाचारीले हामफालेर मरेको सुन्‍न पाऊँः सांसद रावल

काठमाडौं, साउन १४ । ललिता निवासको सरकारी जग्गा विक्री प्रकरणमा मुछिएका डिल्ली बजार मालपोतका तत्कालीन खरिदार तथा कांग्रेस पर्वतका सचिव युक्त श्रेष्ठले हामफालेर आत्महत्या गरेकोबारेमा बोल्दै सांसदहरुले भ्रष्टाचारविरुद्ध राज्यसंयन्त्र आक्रमक हुनुपर्ने मत राखेका छन् । मंगलबार बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सहभागी सांसदहरुले भ्रष्टाचारविरुद्ध कडा टिप्पणी गरेका हुन्।

बैठकमा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले भ्रष्टाचारीलाई मृत्युदण्ड दिनुपर्ने बताए। त्यस्तै सत्तारुढ दल नेकपाका सांसद झपट रावलले पनि दिएका छन्। नेपाली कांग्रेसका सांसद देवेन्द्रराज कँडेलले बालुवाटारको जग्गा प्रकरणमा मुछिएका युक्त श्रेष्ठको हत्या भएको दाबी गरेपछि नेकपाका सांसदहरुले फरक र कडा भनाइ राखेका हुन्।

याे पनि पढ्नुस  पुडासैनीले आँसुले भिजेर रेकर्ड गरेको भिडियो सार्वजनिक, प्रहरीले अनुसन्धान गर्दै

कँडेलको भनाइको जवाफ दिँदै सांसद रावलले निर्दोषहरुले आत्महत्या गर्ने दिन अन्त्य हुनुपर्ने बताउँदै अपराधी र भ्रष्टाचारीले मर्नै पर्ने बताए । अपराधी र भ्रष्टाचारीले आठ तलाबाट मात्रै होइन, त्यहाँ भन्दा अझै माथिबाट हामफालेर मर्ने अवस्था आउनुर्छ’, रावलले भने, ‘दिनको १० जना भ्रष्टाचारी मरेको भन्ने खबर सुन्‍न पाइयोस।’

कमेन्ट गर्नुहोस्

error: Content is protected !!