अब बैंक तथा वित्तीय संस्थाको सीईओ राष्ट्र बैंकले छान्ने

काठमाडौं, साउन १४ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुको प्रमुख कार्यकारी अधिकृत (सीईओ) को छनौट आफैंले गर्ने भएको छ । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले बैंक तथा वित्तीय संस्थाहरुको सीईओ छनौट राष्ट्र बैंक आफैले गर्नेगरी मौद्रिक नीति तय गरिएको बताएका हुन्। उनले मंगलबार संघीय संसदको सार्वजनिक लेखा समितिको बैठकमा बैंक तथा वित्तीय संस्थाको स्वच्छताका लागि पनि त्यसका सीईओको छनौटमा हस्तक्षेप गर्न लागिएको पनि स्पष्ट पारे ।

उनले बैंक तथा वित्तीय संस्थाहरुको लगानी उत्पादनमूलक क्षेत्रमा लगाउने कामलाई उच्च प्राथमिकता दिइएको पनि स्पष्ट पारे ।

बैठकमा सांसदहरुले बैंकिङ कसुर लागेकाहरुलाई पनि बैंकको सीईओ बनाउँदा पनि नियमन गर्न नसकेको भन्दै नेपाल राष्ट्र बैंकको चर्को आलोचना गरेका थिए । सांसद हृदयश त्रिपाठीले बैंकिङ कसुर लागेकाहरुलाई बैंकले सीईओ नियुक्ति गर्दा पनि कारबाही गर्न नसकेको भन्दै नेपाल राष्ट्र बैंकको चर्को आलोचना गरे ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!