उत्पादकको गल्तीले विक्रेतालाई शास्ति

महोत्तरीको बर्दिबास नगरपालिकाले बहुक्षेत्रीय पोषण कार्यक्रम अंतर्गत आर्थिक वर्ष २०७५/७६ का गर्भवति महिलालाई लक्षित गरी पोषण कार्यक्रम संचालन गरेको छ । सो कार्यक्रम अंतर्गत गर्भवती महिलाका लागी एक पीस अम्बाको बोट, पाँच किसिमका तरकारीको बीउ र एक लीटर घ्यू वितरण गर्ने कार्यक्रम अगाडि सारेको थियो । राजबिराज शिबम् डेरीबाट उत्पादित सो घ्यूमा त्रुटि बस कारणले ब्याच नम्बर र अन्य विवरण छुटेकोले नगरपलिकाले सो घ्यू बितरण मा रोक लगाई परीक्षणको लागि घ्यू प्रयोगशाला मा पठाउने निर्णय गरेको छ। प्रशिक्षण पश्चात घ्यूमा अखाद्द वस्तुु प्रमाणित भए क़ानून अनुसार प्रक्रिया बढाउने निर्णय मेयर कार्की ले गरेका छन् । उक्त डेरी कम्पनी संग स्थानीय विक्रेता डोकानिया ब्रदर्सले के कस्तो कारण ले ब्याच नंबर र अन्य विवरण लेख्न छुटेको भनेर स्पष्टीकरण माँगेको थियो । कम्पनी ले जवाफमा कर्मचारी को गल्ती ले त्यस्तो त्रुटि हुन पुगेको ले क्षमा पत्र पठाएको जानकारी आएको छ । डोकानिया ब्रदर्सका एक क्रमचारी ले आफुहरु खुद्रा विक्रेता नभएकोले कार्टून खोलेर प्राय समान हेर्ने नगरेको तर आज कम्पनी को गल्ती ले आफुहरु अब सचेत भएर कम्पनी सँग सामान किन्नू परेको बताए ।अब उपरान्त अन्य बिक्रेता समेतले कम्पनी संग सामान किन्दा कार्टून खोलेर प्रत्येक प्याकेट हेरेर मात्र किन्न समेत सुझाउ दिए । प्राय समान ट्रकमा आउदा विस्वास को भर मै व्यापार हुने गरेको र हाल सम्म कुनै पनि सप्लायरले यसो नगरेको समेत उनले बताए । बेपार गर्दा सामान्य त्रुटि हुन त सकछ तर येतिको त्रुटि येत्रो ठूलो कम्पनी संग आफुहरुले अपेक्षा नगरेको क्रमचारी  ले भने ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!