भारतीय संयुक्त लगानीको नेपाल एसबीआई के कुरामा बलियो ?

काठमाडौं, साउन १४ । भारतको स्टेट बैंकको बढी हिस्सेदारी रहेको नेपाल एसबीआई बैंक पनि क्रमबद्ध प्रगति गर्नेमा अगाडि देखिएको छ ।

बैंकले प्रकाशित गरेको गतवर्षको चौथो त्रैमासको बित्तीय विवरण हेर्दा बैंकले आफ्नो जोेखिमको पक्षलाई कम गराई क्रमबद्ध प्रगतिमा ध्यान दिएको देखिन्छ ।

नेपाल एसबीआई बैंक सानिमा बैंकभन्दा पछि निस्क्रिय कर्जा कम भएको बैंकको रुपमा आफूलाई स्थापित गर्ने दिशामा देखिन्छ । उसले निक्षेप संकलनका साथै कर्जा प्रबाह बढाएर लगेपनि निस्क्रिय कर्जा अनुपात बढ्न दिएको छैन ।

बैंकका नियमति आम्दानीहरु बढेर जाँदा त्यसको असर खुद नाफामा परेको छ र प्रतिशेयर आम्दानी समेत बढेको देखिएको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!