आमिरको चाहना ब्रिटिस नागरिक, पाकिस्तानमा बस्न मन छैन

काठमाडौं, साउन १४ । पाकिस्तानका बायाँहाते फास्टबलर मोहमद आमिरले टेस्टबाट सन्न्यास लिने घोषणा गर्दा उनका समर्थक स्तब्ध भए । टेस्टबाट सन्न्यास लिएको चार दिनपछि आमिरले अर्को सनसनीपूर्ण घोषणा गरेका छन् । आमिरले आफू बेलायतको पोसपोर्ट लिने इच्छा राखेका बताएका छन् । यो अभिव्यक्तिसँगै पाकिस्तानमा ठूलै हलचल मच्चिएको छ । उनका समर्थक यतिवेला रिसले चुर भएका छन् । आखिर पाकिस्तानको राष्ट्रिय क्रिकेट टोलीमा लगभग एक दशक बिताएका आमिरले अचानक किन यस्तो निर्णय गरे भन्ने दर्जनौँ प्रश्न खडा भएका छन् ।

याे पनि पढ्नुस  पाकिस्तानले भारतलाई किन दिएन मिठाइ ?

साथीसँगको ट्विटबाट खुलासा
आमिरले आफूलाई बेलायती नागरिकझैँ सुबिधा मिल्ने पासपोर्ट लिने इच्छा भएको सार्वजनिक रूपमा बताएका होइनन् । यो कुरा उनले एक साथीसँग सामाजिक सञ्जालमा च्याटका क्रममा व्यक्त गरेका हुन् । उनले गरेको च्याटको लिंक सार्वजनिक भएको हो । यता पाकिस्तान क्रिकेट बोर्डले आमिरले राष्ट्रियता किन त्याग्नुपरेको हो र दुई साथीबीचको गोप्य च्याटको लिंक कसरी लिक भयो भनी अनुन्धान गर्ने भएको छ । ‘आमिरले अरू व्यक्तिसँग गरेको कुराकानी कसरी लिक भयो भन्ने विषय हो, अझ उसले किन यस्तो कुरा गरेको भन्ने गम्भीर प्रश्न उठेको छ,’ बोर्डका एक सदस्यले स्थानीय समाचार एजेन्सीहरूलाई बताए, ‘वास्तवमै आमिरले यतिवेला ठूलो गल्ती गर्न लागेजस्तो हामीलाई लागेको छ ।’

याे पनि पढ्नुस  पाकिस्तानले भारतलाई किन दिएन मिठाइ ?

पाकिस्तानमा बस्न मन छैन
पाकिस्तानी क्रिकेटमा राम्रो भविष्य बोकेका फास्टबलर आमिरले बेलायती नागरिकता वा पासपोर्ट लिने बताउँदा पनि खासै बिग्रिएको थिएन । तर, उनले साथीसँगको कुराकानीमा मातृभूमिविरुद्ध विरोधको शब्द प्रयोग गरेका छन् । बोर्ड र उनका समर्थकले यसै पक्षमा विरोध र आलोचना गरेका छन् । ‘मलाई आतंकवादले ग्रस्त राष्ट्रमा बस्न मन छैन, यहाँ मेरो भविष्य छैन,’ आमिरका विवादास्पद शब्द यिनै हुन् । यद्यपि, आमिरले पाकिस्तानलाई एक आंतकवादी राष्ट्र भने पनि उनले पाकिस्तानको जर्सीबाट खेल्न पाउँदा गौरव लागेको बताएका छन् । ‘मलाई खुसी लाग्छ, मैले पाकिस्तानको राष्ट्रिय क्रिकेट टोलीबाट खेल्ने अवसर पाएँ, क्रिकेटका सबै फम्र्याटमा म सहभागी भएँ,’ अर्कोतिर पाकिस्तानबाट खेल्दा गर्व महसुस भएको बताउँदै आमिरले भने, ‘तर, म एउटा निर्णयमा पुगेको छु ।’ नयाँ पत्रिका दैनिकबाट साभार

याे पनि पढ्नुस  पाकिस्तानले भारतलाई किन दिएन मिठाइ ?

कमेन्ट गर्नुहोस्

error: Content is protected !!