गायक जिवीको ‘माईतीको देशैमा’को म्यूजिक भिडियो सार्वजनिक

चितवन, साउन १४ । हिन्दू महिलाहरुको महान् चाड हरितालिका तीज नजिकिदै गएको छ । विगतका वर्षमा जस्तै नयाँ नयाँ तीज गीतहरु बजारमा आउन थालेका छन् ।

तीजमा पछिल्लो समयमा छाडा गीतमात्र होइन, मौलिक गीतले पनि मन छुन सकिन्छ भन्ने उद्देश्यसहित चर्चित सर्जक तथा गायक जिवी सुनारको आफ्नै शब्दमा ‘माईतीको देशै’ बोलको नयाँ गीत बजारमा आएको छ ।

गीतको भिडियोमा भने चितवनका युवा नेता सुन्दर डल्लाकोटीले पहिलो पटक अभियन गरेका छन् । निकै मौलिक र मार्मिक परिवेशमा उनले अभियानको सबै ती चर्चा सुरु भएको छ । विशुद्ध नेपाली मौलिकता गीत पाए, अनि पहिलो पटक अभियान गरेको छु डल्लाकोटीले भने, यहाँ अश्लील नभई माईती र चेलीबीचको वेदना भएकोले अभिनय गर्दा निकै उत्साहित छु । उनलाई भिडियोमा दिदीको रुपमा मोडल तथा नायिका अप्सना थापाले साथ दिएकी छिन् ।

याे पनि पढ्नुस  विनोद र गोमाको स्वरमा ‘चट्टपरि साईतमा’ गीत सार्वजनिक

गीतमा गायक सुनारलाई गायिका अपेक्षा गिरी साथ दिएकी छिन् भने महेशविक्रम पाण्डेले गीतलाई म्यूजिक एरेन्ज गरेका छन् । दिदीभाईको माया ममतालाई गीतमा लोकप्रिय निर्देशक शिवन पोख्रेरलले निर्देशन गरेका छन् ।

चितवनको भरतपुर आसपासमा गीतको छायाकंन महेश महराले गरेका छन् भने गीतलाई शिलन लम्सालले सम्पादन गरेका छन् । साहारा ईन्टरटेटमेन्ट प्रालिले गीत बजारमा लयाएको हो ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!