ग्लोबल टि–२० लिगः सन्दीप र सोमपालले पाएनन् मौका

काठमाडौं, साउन १४ । क्यानडामा जारी ग्लोबल टि–२० लिगअन्तर्गत सन्दीप लामिछाने आवद्ध टोरन्टो नेशनलविरुद्ध अर्का नेपाली क्रिकेटर सोमपाल कामीआवद्ध विनिपेग हक्सले टस जितेर बलिङ रोजेको छ । यी दुई टिमबीचको खेल नेपाली समयअनुसार राति १०ः१५ बजेदेखि सुरु हुँदैछ । खेल भारतीय च्यानल स्टार नेटवर्क र अनलाइनमा हटस्टारमा देख्न सकिने छ ।

आईसीसी टि–२० विश्वकप क्रिकेटको एसिया क्षेत्रीय छनोट खेल्न सिंगापुर गएकाले सुरुवातका २–२ खेल गुमाइसकेका सन्दीप र सोमपालले आज पनि प्लेइङ ११ मा मौका पाउन असफल भएका छन् ।

याे पनि पढ्नुस  अमेरिकी दूतावासले सन्दीपलाई भिसा दिने

सन्दीप–सोमपालआवद्ध दुवै टिमले समान एक खेलमा हार एकएक खेलमा जीत हासिल गरेका छन् । हालसम्म यी दुई टिमबीच एक पटक खेल भएको छ । जसमा सोमपालआवद्ध टिम ५६ रनले विजयी भएको थियो ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!