क्रान्तिमा हाेमिनुकाे पुरस्कार: नेपाली सेनाबाट जनमुक्ति सेनामा गएकाे सजाय १० वर्ष कैद

काठमाडौं, १३ साउन । तत्कालिन शाही नेपाली सेनाबाट बिद्रोह गरि हतियारसहित माओवादीमा लागेका गोरखा आरुघाट गाउपालिका-७ का बिक्रम गुरुङ ‘शक्ति’लाई सैनिक आदालतले १० वर्षको जेल सजाय सुनाएको छ ।

अदालतको फैसलासंगै गुरुङ जेल चलान भएका छन् । गुरुङलाई नेपाली सेनाले गत जेठमा काठमाडौँको कलंकीबाट पक्राउ गरेको थियो ।

नेपाली सेनावाट हतियार सहित २०६३ भदौमा भागेर तत्कालिन माओवादी सेनामा लागेको आरोपमा गुरुङलाई पक्राउ गरि सेनाको भगौडा ऐन अनुसार मुद्धा चलाइएको थियो ।

तत्कालिन कालि बहादर गण हेटौडामा कार्यरत सिपाही गुरुङ २०६३ साल भदौमा डिउटीमा खटिएको बेला हतियारसहित तत्कालिन माओवादीले संचालन गरेको जनयुद्धमा प्रवेश गरेका थिए । गुरुङ पछिल्लो समय परिवारसहित कलंकीमा होटल व्यावसाय गर्दै आएका छन् ।

याे पनि पढ्नुस  नेपाली सेनामा २५० जना सेकेन्ड लेफ्टिनेन्टका लागि जागिर खुल्यो (सूचनासहित)

गुरुङ पक्राउ परेपछि तत्कालिन माओवादीका नेताले उनको विषयमा कुनै पहल नगरेको बन्दै परिवारले गुनासो गरेका छन् । उनकी श्रीमति सुजना गुरुङ्गले कुरा गर्दै पक्राउ परे देखिनै पार्टीले कुनै पहल नगरेको बताईन । पहल गरेको भए केहि हुन्थो कि भन्दै उनले पार्टीले कुनै सहयोग नगरेकोमा दु:ख लागेको समेत बताईन् ।

गुरुङ्गलाई हाल चितवनको भरतपुरमा राखिएको श्रीमति गुरुङ्गले जानकारी दिएकी छिन् । उता सरकार संचालन गरिरहेको तत्कालिन माओवादी केन्द्रले भने यस्तो कार्य विस्तृत शान्ति सम्झौताविरुद्ध हुने बताउदै आएको छ ।

याे पनि पढ्नुस  सेनामा भुँडेलाई अवसर कम

कमेन्ट गर्नुहोस्

error: Content is protected !!