नेकपाको बैठक सुरु, कार्यविभाजनबारे टुंगो लाग्ने सम्भावना

काठमाडौ साउन १३ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको छ ।

केन्द्रीय कार्यसमितिको कार्यविभाजनलाई टुङ्गो लगाउनका लागि यो सचिवालयको बैठक बसेको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

विभिन्न ३२ वटा विभाग, आयोग, समितिहरुका लागि कार्यविभाजनन गर्न नेकपामा केहीदिनदेखि गृहकार्य भइरहेको थियो । तर पछिल्लो समय स्कूल विभागमा कुरा नमिल्दा बैठक लम्बिएको थियो । स्कूल विभागमा सचिवालय सदस्य इश्वर पोखरेल र नारायणकाजी श्रेष्ठले दावी गर्दै आएका छन् ।

दुवैजना आआफ्नो अडानबाट पछाडि नहटेपछि सचिवालयको बैठक सर्दै आइरहेको थियो । स्कूल विभागको विषयमा सहमतिका लागि अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गृहकार्य गर्दै आएका छन् । सोमबार सचिलायमा रहेका पूर्व एमालेका नेताहरुको बीचमा छलफल भएको थियो  त्यसपछि अध्यक्षद्धयबीच पनि छलफल भएको थियो ।

याे पनि पढ्नुस  ‘एक व्यक्ति एक पद’तर्फ नेकपा, वामदेव र माधव नेपाल एक ठाउँमा, नयाँ सन्तुलनको चर्चा हल्ला मात्रै

गृहकार्यपछि सोमबार बसेको बसेको सचिवालयको बैठकले कार्यविभाजनको टुङ्गो लगाउने संभावना रहेको छ । गोरखापत्रबाट

कमेन्ट गर्नुहोस्

error: Content is protected !!