नेकपामा मिलेन कुरा, सचिवालय बैठक साउन २८ सम्म लम्बियाे

काठमाडौं, साउन १३ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) काे सचिवालय बैठक बिना निष्कर्ष टुंगिएकाे छ । एकतालाई अन्तिम रुप दिने भनेर आज दिउँसो बसेको बैठक पर्याप्त गृहकार्य नहुँदा निष्कर्षमा पुग्न सकेन ।

बैठकपछि पत्रकारलाई संक्षिप्त जानकारि दिँदै प्रवक्ता नारायणाकाजी श्रेष्ठ ‘प्रकाश’ ले स्कुलसहित अन्य विभाग नेतृत्व गर्ने नेताहरुको चासोबारे अब सोधेर निर्णय पुग्ने बताए । ‘सबै नेताको कुरा बुझेपछि मात्रै निर्णय गर्ने भन्ने भयो’, उनले भने, ‘विभाग र जनवर्गीय संगठनमा क–कसको दाबी छ भनेर सोध्छौँ अनि निर्णयमा पुग्छौँ।’

याे पनि पढ्नुस  सरकारविरुद्ध बोल्ने यी ७ नेतालाई नेकपाले स्पष्टीकरण सोध्ने

बैठक बस्नुअघि बालुवाटारमै नेकपाको पूर्वएमाले समुहका नेताहरु छलफलमा जुटेका थिए। उक्त छलफलमा सरकारको समीक्षा र पार्टी स्कुल विभागको विवादबारे कुराकानी भएको थियो। नेकपा स्कुल विभागमा पूर्वएमालेबाट इश्वर पोखरेल र पूर्वमाओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठले दाबी गरेका थिए। पूर्वएमालेतिर घनश्याम भुसाल र बेदुराम भुसालले पनि यसमा दाबी गरेका थिए।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!