चिर्पट प्रहर गरी आफ्नै बुवाको हत्या

काठमाडौँ, साउन १३ । आफ्नै बुवालाई दाउराको चिर्पट प्रहार गरी हत्या गरेको आरोपमा कैलालीमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
गोदावरी नगरपालिका-५ का ३० वर्षीय रामबहादुर कुमाल आफ्ना बुवा ६० वर्षीय अम्बरबहादुर कुमालको हत्याको आरोपमा पक्राउ परेका हुन् ।
रामबहादुरको चिर्पट प्रहारबाट गम्भीर घाइते भएका अम्बरबहादुरको सेती संचल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
आक्रमणको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कैलाली र प्रहरी चौकी गेटाबाट खटिएको प्रहरी टोलीले रामबहादुर कुमाललाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!