विद्यार्थीको सुसाइटड नोटः ‘बुबा मैले दारु कहिल्यै खाइनँ ‘गिल्टी फिल’ नगर्नू’

महेन्द्रनगर । कञ्चनपुरमा एकजना विद्यार्थीले शिक्षकका नाममा ‘सुसाइड नोट’ लेखेर आत्महत्या गरेका छन् । महेन्द्रनगरमा रहेको लिटिल बुद्ध एकेडेमीमा १२ कक्षामा अध्ययनरत भीमदत्त नगरपालिका–३ भाँसीका १६ वर्षीय सुरज लेखकले ‘सुसाइड नोट’ लेखेर शनिबार आत्महत्या गरेका हुन् ।

उनले सुसाइड नोटमा हरिलाल जोशी एलबिए प्लस टु कोअर्डिनेटर ‘मर्नुको कारण’ भनेर उल्लेख गरेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी गणेश बमले घरको कोठामा झुण्डिएर आत्महत्या गरेको र कोठाबाटै सुसाइड नोट बरामद भएको बताए । घटनाको अनुसन्धान भइरहेको डिएसपी बमले जानकारी दिए ।

याे पनि पढ्नुस  रवि लामिछानेका समर्थकलाई ‘काउन्टर’ जवाफ, निष्पक्ष छानविन हुनुपर्ने माग

अंग्रेजी रोमनमा सुरजले लेखेको सुसाइड नोट यस्तो छ–
ड्याडी, बहुत भयो अब म हजुरलाई अरु टेन्सन दिन चाहन्न । कलेजबाट आएका कम्प्लेनले हजुरलाई धेरै डिस्टर्ब गर्यो । म पनि हजुरलाई टेन्सन दिएर बाँच्न सक्दिन । हजुरलाई सबै ठाउँमा मैले इन्सल्ट गराएँ । हजुर मलाई जस्तो बनाउन चाहनुहुन्थ्यो, म त्यस्तो बन्न सकिन । त्यसैले ड्याडी म मरेपनि मेरा दुई दाइहरु छँदैछन् । तिनीहरुलाई राम्ररी पढाउनु । म त हजुरको नालायक छोरा परेँ । अब हेप्पीली बस्नु…… । सरी ड्याड ।
अनि मैले दारु कहिले पनि खाएको छैन । खानु त कता हो हामी बाहुनको छोरा हौं । दारु हाम्रो लागि नराम्रो हो । र गिल्टी फिल नगर्नु । मैले चुरोट खाएपनि एक वर्ष भयो अनि दारु पनि खाँदिन म ।
जय निराजन बाबा, आइ क्वीट !
लब यू आमा, मम्मी, ड्याड, सागर दाइ, सन्दीप दाइ !

 

याे पनि पढ्नुस  पुडासैनीले आँसुले भिजेर रेकर्ड गरेको भिडियो सार्वजनिक, प्रहरीले अनुसन्धान गर्दै

कमेन्ट गर्नुहोस्

error: Content is protected !!