रोपाइँ सकेर रोजगारीका लागि भारत जाने नेपालीको भीड

कञ्चनपुर, साउन १३ । कञ्चनपुरको गड्डाचौकी नाका हुँदै रोजगारीका लागि भारत जाने नेपालीको घुइँचो बढेको छ । खेतीपातीको काम सकिएसँगै दसैं–तिहारका लागि खर्च जुटाउन भारत जाने नेपालीको भीड लागेको हो ।

गड्डाचौकी नाकाबाट दैनिक ५ हजारभन्दा बढी नेपाली रोजगारीका लागि भारत जाने गरेको इलाका प्रहरी कार्यालय गड्डाचौकीका प्रहरी सहायक निरीक्षक तुलाराज गिरीले बताए । उनका अनुसार यसरी रोजगारीका लागि भारत जानेमा युवादेखि वृद्धसम्म रहेका छन् । उनीहरु रोपाइँ सकिएपछि दसैं खर्च जुटाउन भारतको सिम्ला, मुम्बई, दिल्ली तथा पुणेमा मजदुरी गर्न जाने गर्दछन् ।

याे पनि पढ्नुस  पाकिस्तानले भारतलाई किन दिएन मिठाइ ?

धान रोपिसकेपछि तीन–चार महिना खाली बस्नुपर्ने भएकाले रोपाइँ सकेर रोजगारीका लागि भारत जान लागेको बर्दियाका गणेश चौधरीले बताए । उनले नेपालमा कुनै रोजगारीका अवसर नभएका कारण आफूहरु छोटो समयका लागि पनि भारतमै निर्भर हुनुपरेको गुनासो गरे । साउनको पहिलो सातादेखि रोजगारीका लागि भारत जाने नेपालीको संख्या बढ्ने गरेको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!