भक्तपुरनगरकोट सडकखण्डको संसदीय समितिद्वारा अनुगमन

भक्तपुर, साउन १३ । पटक–पटक म्याद थप गर्दासमेत निर्माणको काम सम्पन्न हुन नसक्दा आलोचित बन्दै आएको भक्तपुर–नगरकोट सडकखण्डको संसदीय समितिले अनुगमन गरेको छ ।

प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिकी सभापति कल्याणी खड्काको नेतृत्वमा पुगेको संसदीय टोलीले सडकखण्डको अनुगमन गरेको हो । भक्तपुरको भत्केपाटी–नगरकोट १५.६६ किलोमिटर सडक विस्तारका लागि समय थपिँदै आएपनि निर्माण कार्य सम्पन्न हुन सकेको छैन ।

सडक अनुगमनका क्रममा सभापति खड्काले ६ वर्षदेखि अलपत्र रहेको यो सडकखण्डको काम तत्काल सक्नुपर्ने बताइन । उनले आफूहरु अनुगमनमा आउने थाहा पाएपछि द्रुतगतिमा कामअघि बढाएको पाइएकाले यसरी नै काम गर्न सुझाव दिइन । सडक निर्माणका लागि थप समय दिने या नदिने भन्नेबारे भने मन्त्रालयसँग छलफल गरी निर्णय गरिने उनले जानकारी दिइन ।

याे पनि पढ्नुस  मध्यपुर ठिमीमा रातभर जागे महाकाली, भैरव र नीलबाराही

समितिका सचिव बंशिराज पौडेलले ठेकेदार र संयन्त्रको कमजोरीकै कारण देशैभरका सडक बिस्तारमा ढिलाइ भएको र यसतर्फ सुधार गर्नुपर्नेमा जोड दिए । आयोजनाले २०७१ असारमा दुई वर्षभित्र काम सक्ने गरी भारतीय कम्पनी एआइपीएल र सैलुङ कन्स्ट्रक्सन काठमाडौंसँग सम्झौता गरेको थियो ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!