ग्लोबल टि–२० लिगः सन्दीप र सोमपालआवद्ध टिम भिड्दै

काठमाडौं, साउन १४ । क्यानडामा जारी ग्लोबल टि–२० लिगअन्तर्गत आज नेपाली क्रिकेटर सोमपाल कामी र सन्दीप लामिछानेको टिम भिड्दै छन् । सोमपालआवद्ध विनिपेग हक्स र सन्दीपआवद्ध टोरन्टो नेशनलबीचको खेल आज राति १०ः१५ बजेदेखि सुरु हुँदैछ ।

खेल भारतीय च्यानल स्टार नेटवर्क र अनलाइनमा हटस्टारमा देख्न सकिने छ । सुरुवातका २–२ खेल गुमाइसकेका सन्दीप र सोमपालले आज हुने खेलमा मौका पाउन सक्ने छन् ।

सन्दीप–सोमपालआवद्ध दुवै टिमले समान एक खेलमा हार एकएक खेलमा जीत हासिल गरेका छन् । हालसम्म यी दुई टिमबीच एक पटक खेल भएको छ । जसमा सोमपालआवद्ध टिम ५६ रनले विजयी भएको थियो ।

सन्दीप र सोमपालले २ वटा खेल गुमाए
सन्दीप र सोमपालले टि–२० क्यानडा लिगका सुरुवातका २ खेल गुमाएका छन् । उनीहरु आइसीसी टि–२० विश्वकप एसिया छनोटका लागि सिंगापुरमा रहेकाले सुरुवातका २ खेल गुमाका हुन् ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!