पोखरीमा डुबेर दाजुबहिनीको मृत्यु

लहान, साउन १३ । सिरहाको छुट्टाछुट्टै स्थानमा पोखरीमा डुबेर दाजुबहिनीसहित तीन बालबालिकाको मृत्यु भएको छ ।

जिल्लाको अर्नामा गाउँपालिका ४ लक्ष्मीपुर निवासी विमल यादवको १० वर्षीय छोरा दीपक यादव र ७ वर्षीया छोरी नन्दनी यादवको स्थानीय पोखरीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुवै दाजुबहिनी घरबाट खेल्न गएकोमा आइतबार बेलुकासम्म घर नफर्किदा अभिभावकले खोज्ने क्रममा स्थानीय पोखरीमा डुबेर मृतावस्थामा दाजुबहिनी फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक अपिलराज बोहराले जानकारी दिए ।

याे पनि पढ्नुस  वडाध्यक्षबाटै कुटिए सेवाग्राही

घटनाबारे थप आवश्यक अनुसन्धान भरहेको प्रहरीले जनाएको छ। यसैगरी सिरहा नगरपालिका ३ मखनाहामा खाल्डोमा जमेको पानीमा डुबेर ११ वर्षीया काजल दासको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

वस्तुभाउलाई घाँस काट्न गएकी दास खाल्डोमा जमेको पानीमा नुहाउने क्रममा आइतबार डुबेर मृत्यु भएको हो।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!