सचेतना मार्फत् महिला रक्तदाता बढाउन आवश्यः उपप्रमुख खड्गी

काठमाडौं, साउन १३ । आव २०७५–०७६मा नेपालभर तीन लाख ४५ हजार एक सय एकाउन्न यूनिट रगत वितरण गरिएको छ ।

गत आवको तुलनामा यो करीब ३.६५ले वृद्धि हो । यसमा पुरुष रक्तदाता ८३.९ प्रतिशत र महिला रक्तदाता १६.१ प्रतिशत रहेका छन् । केन्द्रीय रक्तसञ्चार सेवा, काठमाडौँबाट ५५,९५३ यूनिट रक्त संकलन गरिएको छ ।

जसमध्ये ४६,४०५ युनिट पुरुष रक्तदाताबाट र ९,५४८ यूनिट महिला रगतदाताबाट संकलन भएको छ । यसमा महिला रक्तदाताहरुको हिस्सा १७.०७ प्रतिशत छ । नेपाल रेडक्रस सोसाइटी केन्द्रीय रक्तसञ्चार सेवाको ५३औँ वार्षिकोत्सव समारोहमा आइतबार आयोजित कार्यक्रममा यो जानकारी दिइएको हो ।

कार्यक्रमको समुद्घाटन गर्दै काठमाडौं महानगरपालिकाका उपप्रमुख खड्गी (श्रेष्ठ)ले आफू दुर्लभ रक्तसमूह (बी नेगेटिभ)मा पर्ने भएकोले विभिन्न अस्पतालहरुमा रक्तदाताको रुपमा आफ्नो नाम दर्ता गराएको बताए । उनले भने– ‘६ महिनाको बालक दुर्घटनामा परेको र बी नेगेटिभ रगत चाहिएको बेला मैले गरेको रक्तदानको कारण उसको ज्यान बचेको कुरा म सधैँ सम्झन्छु ।’ आफूले २०४२ सालमा रगतदान सुरु गरेको स्मरण गर्दै खड्गीले महिलाहरुलाई नियमित रक्तदान गर मात्र भनेर नपुग्ने भएकोले चेतनाको स्तर बढाउनु पनि आवश्यक रहेकोमा जोड दिए ।

याे पनि पढ्नुस  उपत्यकामा गाईजात्राको रौनक (फोटोफिचर)

कार्यक्रमको अध्यक्षता गर्दै नेपाल रेडक्रस सोसाइटीका महामन्त्री देवरत्न धाख्वाले सबै रक्तदाताहरुलाई धन्यबाद दिए । कार्यक्रममा रक्तसञ्चार व्यवस्थापन समितिको तर्फबाट स्वागत गर्दै चितवनको माडी, कैलालीको टिकापुरमा स्थानीय निकायले रक्तदाता उत्प्रेरणा र विरामीहरुले तिर्नुपर्ने रगतको शुल्कमा सहयोग गरिरहेको जानकारी गराउँदै यस्तो सत्प्रयास देशका सबै स्थानीय तहले गरिदिए घाइते वा विरामीलाई ठूलो राहत हुने बताए ।

काठमाडौँ प्रदेश नं. ३ का सभाषद् नरोत्तम वैद्य, नेपाल सरकार, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा. रुणा झा, व्लोदानका अध्यक्ष सानुबाबु प्रजापति, काठमाडौँ जिल्ला रेडक्रसका सभापति मथुराराम श्रेष्ठ, नेरेसोका कार्यकारी निर्देशक उमेश ढकाल लगायत नियमित रक्तदान गर्ने संघसंस्थाका प्रतिनिधिहरुको कार्यक्रममा उपस्थिति रहेको थियो ।

याे पनि पढ्नुस  काठमाडौंमा दिउँसै चोरी, राख्न थालियो घरघरमा सुरक्षा गार्ड

कार्यक्रममा प्रतिवेदन पेश गर्दै केन्द्रीय रक्तसञ्चार सेवाका निर्देशक मनिताराज कर्णिकारले रक्तदाता उत्प्रेरणा तथा अन्तरक्रिया, रक्तदान शिविरका साथै अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीबीच रगतको उचित प्रयोग सम्बन्धी कार्यक्रमहरु बढाउन प्रयास भइरहेको तर त्यसको लागि बजेटको पर्याप्तता नभएकोले सवैपक्षलाई सहयोगको आव्हान गरे । उनले नेपाल सरकार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, राष्ट्रिय रक्तसञ्चार व्यूरो तथा अन्र्तराष्ट्रिय निकायसँग समेत सहकार्य गर्दै रगत आपूर्तिको गुणस्तर व्यवस्थापनमा जोड दिइँदै आइएको जानकारी दिए ।

गत आवमा दैनिक रक्तदान कार्यक्रम आयोजना गर्ने असन सेवा समिति र लायन्स क्लब अफ लाली गुँरासलगायत साप्ताहिक कार्यक्रम गर्ने पशुपति मारवाडी सेवा संघ, गणेशमान सिंह अध्ययन प्रतिष्ठान, देव कर्नर सेवा, लायन्स क्लब अफ चावहिल लामपोखरी र चाबहिल सिटी, रेडक्रसको बौद्ध उपशाखालाई सम्मान गरिएको नेरेसोका सञ्चार निर्देशक दिव्यराज पौडेलले जानकारी दिए ।

यसका साथै उत्कृष्ट योगदान गर्ने विभिन्न ६७ संघसंस्थाहरु तथा स्वयंसेवकहरुलाई सम्मान गरिएकोमा यसवर्ष केन्द्रीय सेवा केन्द्रतर्फ सबैभन्दा बढी युनिट रक्तदान गर्ने महिला समूहमा जागरण महिला समूह र एकैपटक सवैभन्दा बढी युनिट रक्तदान गर्ने ट्रिनिटि कलेज, डिल्लीबजार रहेको पौडेलले बताए ।

याे पनि पढ्नुस  योग शिक्षा पढ्न चीनले वार्षिक १ हजार विद्यार्थी पठाउने

हाल नेपालको ७३ जिल्लाका निम्न १०८ स्थानमा रक्तसञ्चार केन्द्र तथा एकाइहरू रहेका छन् । आव २०७५–०७६ मा नेपालभरीमा विभिन्न संघसंस्थाहरूबाट ४,०२१ वटा घुम्ती रक्त संकलन कार्यक्रम भई रगत संकलन गरिएको छ र सो मध्ये केन्द्रीय रक्त सञ्चार सेवाद्वारामात्रै १,३२९ पटक विभिन्न संघ–संस्थाहरूबाट घुम्ती रगत संकलन भएको हो ।

केन्द्रीय सेवामार्फत जम्मा ५५,९५३ युनिट रक्त वितरण भएकोमा भएकोमा स्वयंसेवी रक्तदाताबाट संकलित ४६,५०० र सोधभर्ना तर्फ ९,४५३ युनिट रहेको थियो । नेपाल भरी संकलित र वितरित रगतको समूहको तथ्यांक हेर्दा ए, बी, एबी र ओ पोजेटिभको संख्या ९६ दशमलब ९ प्रतिशत रहेको छ भने नेगेटिभ समूहको संख्या ३.१० प्रतिशत देखिन्छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!