चलचित्र ‘चेञ्जिङ स्याडो’ मा हलिउडका कलाकारको प्रस्तुति

काठमाडौं, साउन १३ । नेपाली चलचित्र ‘चेञ्जिङ स्याडो’को निर्माण भएको छ ।हलिउडका कलाकारलाई लिएर निर्देशक अनिल थापाले चलचित्रको लेखन, निर्माण एवं निर्देशन गरेका छन ।

३४ मिनेटमा चलचित्रले आफ्नो कथावस्तुलाई प्रस्तुत गर्ने छ । चलचित्रलाई लस एन्जलसका विभिन्न रमणीय स्थानमा खिचिएको छ । केही वर्ष अघिबाट निर्माण सुरु भएको फिल्म २०१९ मा सम्पन्न भएको हो । प्रयोगको रुपमा छोटो फिल्मको निर्माण गरिएको फिल्मका निर्माता एबं निर्देशक अनिल थापाले बताएका छन् ।

अमेजन र आइ ट्ुन्सजस्ता अनलाईन प्लेट फर्मले छोटा फिल्मलाई पनि महत्व दिएर प्रस्तुत गर्ने हुनाले पनि छोटो फिल्मतर्फ आकर्षण भएको निर्देशक थापाको भनाई रहेको छ । फिल्ममा क्याथरीन फराह, सब्ना गार्डनर, जुलियन ग्राहम, मार्क सि हानसन लगायत कलाकारको मुख्य भूमिका रहेको छ ।

याे पनि पढ्नुस  ‘लक्का जवान’को मुहुर्त, काभ्रेमा छायांकन

कमेन्ट गर्नुहोस्

error: Content is protected !!