उच्च मुख्य सचिवको सेक्स भिडियो भाइरल, प्रशासनमा खैलाबैला

 

भोपाल । भारतको मध्य प्रदेशमा एकजना शीर्ष आइएस अफिसरको सेक्स भिडियो भाइरल बनेको छ । अपर मुख्य सचिवस्तरका यी अधिकारीको भाइरल भएको सेक्स भिडियोका कारण सिंगो प्रशासन क्षेत्रमा सनसनी मच्चिएको छ ।

भारतीय प्रशासनको इतिहासमा कुनै उच्च प्रशासनिक अधिकारीको सेक्स भिडियो सार्वजनिक भएको यो पहिलो घटना हो ।

उक्त भिडियोका अलग अलग क्लिप्सहरु यतिखेर सोसल मिडियामा भाइरल बनेका छन् । एउटा क्लिपमा उनी आफू भन्दा आधा उमेर कान्छी युवतीसँग रक्सी सेवन गरिरहेका छन् । अर्को क्लिप्समा त्यही युवतीसँग यौनसम्बन्धमा लिप्त छन् ।

उच्च पदस्थ सूत्रको सन्र्दभ दिँदै भारतीय मिडियामा प्रकाशित समाचार अनुसार, उक्त भिडिया दुई घण्टाको छ । भिडियोको प्रतिहरु सरकारदेखि कर्मचारीका जिम्मेवार मानिसहरुलाई भेजिएको दावी गरिएको छ ।

केही समयअघि कुनै कामको सिलसिलमा ती सचिवसँग भेटेकी युवतीसँग समयक्रमसँगै निकै अन्तरंग सम्बन्ध भएको दावी समेत गरिएको छ ।
भिडियो हेर्दा यसलाई कुनै व्यक्तिले निकै कुशलतापूर्वक खिचेको देखिन्छ । उनीहरुलाई भिडियोमा सबै कुरा रेकर्ड भएको थाहा भएको लाग्दैन । दुबै बिन्दास देखिन्छन् ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!