एनएमए जुनियर डाक्टर कमिटिवारे भ्रम र यथार्थ

अहिले डाक्टरहरुको सामाजिक संजालमा निकै तातिएको विषय हो एनएमएले गठन गर्न लागेको युवा परिषद । नेपाल चिकित्सक संघ प्रजातन्त्र आए पश्चात दुई हप्तामै गठन भएको देशकै एेतिहासीक संस्था हो। नेपाल चिकित्सक संघको युवा परिषद गठनको अपिल पश्चात विभिन्न प्रतिकृयाहरु आइरहेका छन्। धेरैले यसको स्वागत गरेका छन् भने विशेषगरि डाक्टरको हकहितमा नाममा खुलेका अन्य स-साना संस्थाहरुका प्रतिनिधिहरुले यसको विरोध गरेको देखिन्छ। केहि समुहरुले भने संगठननै बनाएर भ्रामक प्रचारवाजीमा उत्रेको समेत गरेको पाइएको छ। विशेष गरि स-साना समुहका नेतृत्व गर्नेहरुले एनएमए मार्फत युवाहरुले अधिकार पाउने देखिएपछि आफ्नो अस्तित्व गुम्ने वारे हतोत्साहित देखिएका छन्।

भ्रम १: जुनियर डाक्टर कमिटि जुनियर र सिनियर विभाजन गरि जुनियरमाथि विभेद गर्न खोलिएको हो।

यथार्थ: “जुनियर डाक्टर” शब्द अन्तर्राष्ट्रिय चिकित्सा संघलेनै परिभाषित गरेको शब्द हो जसलाई WMA कै वेबसाइट र गुगल सर्च मार्फत पनि हेर्न सकिन्छ। एम.बी.बी. एस/ बि.डि.एस सकेको दश वर्ष नपुगेका चिकित्सक / रेजिडेन्टलाई जुनियर डाक्टर भनिन्छ। वर्ल्ड मेडिकल एसोसिएसन ( WMA ) अन्तर्गतको जुनियर डाक्टर नेटवर्कको संवन्धन प्राप्त गर्न त्यस अन्तर्गतका अन्तर्राष्ट्रिय कार्यक्रममा पनि “जुनियर डाक्टर” शब्दकै प्रयोग हुने भएकाले उक्त शब्दले महत्व राख्दछ।

भ्रम २:  युवा परिषद NMA केन्द्रिय कार्यालयका पदाधिकारीहरुले आ- आफ्ना मान्छेलाई टिका लगाएर गठन गर्न लागिएको हो ।

यथार्थ: एनएमएको विधानले जेडिसि गठनको सम्पुर्ण अधिकार संघको महासचिवलाई दिएपनि एनएमएले सर्व स्वीकार्यता र पारदर्शिताको लागी देशभरका क्रियाशील शाखाहरुबाट युवा प्रतिनिधिहरुको माग गरी भेला गराएको थियो। सबै शाखहरुको नेतृत्व निर्वाचित पदाधिकारीहरुलेनै गर्ने भएको हुदा उक्त शाखाहरुबाट मनोनित प्रतिनिधिहरु निर्वाचितनै सरहनै मान्न सकिन्छ।  एनएमएले डाकेको वैठकमा देशभरका शाखाबाट ६२ जना युवा चिकित्सकहरु उपस्थित थिए।

भ्रम ३ : जेडिसि राजनितिक भातृ संगठन हो । 

यथार्थ: एनएमएमा हाल विद्दमान विभिन्न समिति जस्तै जेडिसि एउटा समिति हो। एनएमए न कुनै भातृ संगठन हो न कुनै राजनितिक दस्ता। जेडिसि विशुद्द गैरराजनितिक एकेडेमिक प्रोफेस्नल समिति हो।

भ्रम ४: जेडिसिमा दन्त्य चिकित्सकहरुलाई प्रतिबन्ध गरिएको छ। 

यथार्थ: जेडिसिको गठनको लागी डाकिएको हरेक मिटिङमा दन्त्य चिकित्सकहरुको पनि राम्रो उपस्थिति रहेको छ। दन्त्य चिकित्सकहरुलाई निषेध गरिएको भए उनीहरु उक्त मिटिङमा कसरी आए?

भ्रम ५: जेडिसि “वाइडिए” नामक संस्थालाई मेटाउन/ उक्त संस्थासंग जुध्न खोलिएको हो। 

यथार्थ: जेडिसि गठन वारे मिटिङमा वाइडिए, एनएमएसएस लगायत विभिन्न युवा संस्थाहरुका केन्द्रिय सदस्यहरुको उत्साहजनक उपस्थिति रहेको थियो। वाइडिएका महासचिव डा. सुलोचन लोहनीले देशभरबाट आएका ६२ जना युवा डाक्टरहरुको माझ जेडिसीलाई आफुहरुले पुर्ण रुपमा स्वागत गरेको बताएका थिए।

भ्रम ५: महासचिवको नेतृत्वमा गठन गरेर युवाहरुको अधिकारमाथि अंकुश लगाउन खोजीयो।

यथार्थ: विश्व चिकित्सा संगठन अन्तर्गतको जेडिएनमा आवद्द विभिन्न राष्ट्रहरुका जेडिसिको गठन आ आफ्नै विधान अनुरुप भएको देखिन्छ। कहिं प्रायोरिटि वेस्ड कार्यदल छ भने कहि उक्त देशको एनएमए सरहको संघका विभिन्न समितिमा जेडिसिका सदस्यहरु बाँडिएर काम गरेका छन्। नेपालको सन्दर्भमा एनएमएको विधानले जेडिसि गठनको सम्पुर्ण अधिकार संघको महासचिवलाई दिएपनि एनएमएले सर्व स्वीकार्यता र पारदर्शिताको लागी देशभरका क्रियाशील शाखाहरुबाट युवा प्रतिनिधिहरुको माग गरी एनएमएले भेला गराएको थियो।

लेखक डा. एदु उपाध्याय मेडिकल ब्लगर हुन्।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!