प्रेमिकाकाे हत्या गरि लुकेर बसेका राजेश १२ वर्षपछि प्रहरीकाे फन्दामा

काठमाडौँ — धारिलो हतियारले एक युवतीको हत्या गरी फरार रहेका अभियुक्तलाई घटनाको १२ वर्षपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको छ । ललितपुरको इमाडोलमा डेरा गरी बस्ने तारा भन्ने सुनिता लामालाई २०६४ मंसिर २७ गते चक्कु प्रहार गरेपछि फरार राजेश लामा पक्राउ परेका हुन् । 
याे समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।

प्रहरीका अनुसार घटनाको केही समयअघि मात्रै राजेश र ताराको इन्गेजमेन्ट भएको थियो । २०६४ मंसिर २८ मा बिहे गर्ने टुंगो लागेको थियो । बिहेको मिति नजिकिँदै गर्दा तारा सम्पर्कमा नआएर विवाह नै रद्द हुने भएपछि राजेशले कोठामै पुगेर चक्कु प्रहार गरी हत्या गरेका थिए । सुनितासँग प्रेम सम्बन्धमा रहेका राजेशले बिहे रद्द हुँदा आफ्नो सामाजिक बेइज्जत हुने भन्दै मार्ने योजना बनाएका थिए ।

याे पनि पढ्नुस  नेपाल प्रहरीमा खुल्यो ४ हजारलाई जागिर, खेलाडीको पनि माग

सीआईबीका डीआईजी निरज शाहीले हत्यापछि राजेश भागेर मकवानपुर पुगेका थिए र त्यहींको एक होटलमा आफ्नो नाम राजु लामा बताएर काम गरेका थिए । ब्युरोका अनुसार ७ महिना काम गरेपछि राजेश काठमाडौं फर्केका थिए । हत्याको घटनापछिका १२ वर्षमा उनले कैयन् होटलमा काम गरे भने पछिल्ला वर्षहरूमा उनी घरमा रङ लगाउनको काम गर्दै आएका थिए ।

प्रहरीका अनुसार घटनाको ५ वर्षपछि राजेशले एक छोरीसहितकी विवाहित महिलासँग घरजम गरेका थिए । उनले आफ्नो विगतबारे पत्नीलाई बताएका थिएनन् । घटनाको अनुसन्धानमा संलग्न प्रहरी उपरीक्षक दीपक रेग्मीका अनुसार पक्राउपछि मात्रै उनकी श्रीमतीले राजेशले १२ वर्षअघि गरेको हत्याको घटनाबारे थाहा पाएकी थिइन् ।

याे पनि पढ्नुस  श्रीमानको हत्यारासँग पैसा लिएर घटना लुकाउन खोजेको अभियोगमा महिला पक्राउ

कमेन्ट गर्नुहोस्

error: Content is protected !!