चुलियाे विवाद: राेहित शर्मा र अनुष्काबीच पनि बाेलचाल बन्द

विश्वकप क्रिकेटपछि भारतका दुई खेलाडीबीचकाे विवाद झन सतहमा देखिएकाे छ ।

केहिदिन अघि मात्रै कप्तान काेहलीलाई सामाजिक सञ्जालमा अाफलाे गरेका राेहित शर्माले काेहलिकी श्रीमती अनुष्कालाई समेत अनफलाे गरेकाे समाचार छ ।

भारतीय क्रिकेट टिमका कप्तान विराट कोहली र उपकप्तान रोहित शर्माबीच दरार उत्पन्न भएको खबर बाहिर आएको हाे । उपकप्तान रोहितले कप्तान कोहलीकी श्रीमती तथा नायिका अनुष्का शर्मालाई इन्स्टाग्राममा ‘अनफलो’ गरेपछि दुई खेलाडीबीच चलिरहेको द्वन्द्वको खबर बाहिर आएको हो ।

रोहितले धेरै पहिले नै विराट कोहलीलाई समेत अनफलो गरिसकेका थिए । यसले पनि यी दुई खेलाडीबीच द्वन्द्व रहेको खबरलाई बल पु¥याएको छ । अनुष्काले पनि शर्मा र उनकी पत्नी रीतिकालाई इन्स्टाग्राममा फलो गरेकी छैनन् ।

याे पनि पढ्नुस  बिराट काेहलीलाई ट्राफिकले समातेपछि, फन्नि भिडियाे

विराट र रोहितबीच विश्वकपको सेमिफाइनलमा न्यूजिल्यान्डसँगको हारपछि दरार उत्पन्न भएको खबर बाहिर आएको हो । यससँगै जानकारहरू भारतीय क्रिकेट जगतमा दुई खेमा बनेको बताउन थालेका छन् ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!