चर्किदै विराट र रोहितको द्धन्द्ध, श्रीमति पनि उत्रिए विवादमा

एजेन्सी । भारतीय क्रिकेट टिमका कप्तान विराट कोहली र उप–कप्तान रोहित शर्माबीच विवाद उत्पन्न भएको खबर बाहिर आएको छ । रोहितले कप्तान कोहलीकी श्रीमती तथा नायिका अनुष्का शर्मालाई इन्स्टाग्राममा ‘अनफलो’ गरेपछि दुई खेलाडीबीच चलिरहेको द्वन्द्वको खबर बाहिर आएको हो ।

भारतीय मिडियाकाअनुसार रोहितले धेरै पहिले नै विराट कोहलीलाई समेत अनफलो गरिसकेका थिए । यसले पनि यी दुई खेलाडीबीच द्वन्द्व रहेको खबरलाई बल पुर्याएको छ । अनुष्काले पनि शर्मा र उनकी पत्नी रीतिकालाई इन्स्टाग्राममा फलो गरेकी छैनन् ।

याे पनि पढ्नुस  कस्तो हो भारतीय क्रिकेट टिममाथि वेस्ट इन्डिजमा आक्रमणको धम्की?

विराट र रोहितबीच विश्वकपको सेमिफाइनलमा न्यूजिल्यान्डसँगको हारपछि दरार उत्पन्न भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यससँगै जानकारहरू भारतीय क्रिकेट जगतमा दुई खेमा बनेको बताउन थालेका छन् ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!