वान डे सिरिजः बंगलादेशविरुद्ध फर्नान्डोको शानदार अर्धशतक

काठमाडौं, साउन १२ । बंगलादेश विरुद्धको एकदिवसीय सिरिजको दोस्रो खेलमा श्रीलंकाका युवा ब्याट्सम्यान अभिश्का फर्नान्डोले शानदार अर्धशतक पूरा गरेका छन् । उनले १ छक्का र ७ चौकाको मद्दतमा ४३ बलमा अर्धशतक पूरा गरेका हुन् ।

पहिलो खेलमा ७ रनमै आउट भएका फर्नान्डोले आज भने उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । बंगलादेशले दिएको २३९ रनको लक्ष्य पछ्याउने क्रममा श्रीलंकाले ताजा अवस्थामा १७ ओभरमा एक विकेट गमाएर १०५ रन बनाएको छ ।

यसअघि टस जितेर ब्याटिङ रोजेको बंगलादेशले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर ३३८ रन बनायो ।

उसका लागि मुशफिकुर रहीमले शानदार प्रदर्शन गरे । उनले १ छक्का र ६ चौकाको मद्दतमा ११० बलमा नटआउट ९८ रन बनाए ।

यस्तै मेहदी हसन मिराजले ४३, कप्तान तमिम इकबालले १९, मोसाद्दिक होसैनले १३, सब्बीर रहमान, सौम्य सरकारले ११–११, मोहम्मद मिथुनले १२ रन बनाए ।

बलिङमा श्रीलंकाका अकिला धनन्जय, इशरु उडाना र नुवान प्रदीपले समान एक विकेट लिए । तीन खेलको सिरिजमा श्रीलंकाले १–० ले अग्रता लिएको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!