वान डे सिरिजः बंगलादेशद्वारा श्रीलंकालाई २३९ रनको लक्ष्य

काठमाडौं, साउन १२ । श्रीलंका विरुद्धको एकदिवसीय सिरिजको दोस्रो खेलमा बंगलादेशले २३९ रनको लक्ष्य दिएको छ । टस जितेर ब्याटिङ रोजेको बंगलादेशले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर ३३८ रन बनायो ।

उसका लागि मुशफिकुर रहीमले शानदार प्रदर्शन गरे । उनले १ छक्का र ६ चौकाको मद्दतमा ११० बलमा नटआउट ९८ रन बनाए ।

यस्तै मेहदी हसन मिराजले ४३, कप्तान तमिम इकबालले १९, मोसाद्दिक होसैनले १३, सब्बीर रहमान, सौम्य सरकारले ११–११, मोहम्मद मिथुनले १२ रन बनाए ।

याे पनि पढ्नुस  वानडे सिरिजः विराटकाे शतकमा वेस्ट इन्डिजविरुद्ध भारत विजयी

बलिङमा श्रीलंकाका अकिला धनन्जय, इशरु उडाना र नुवान प्रदीपले समान एक विकेट लिए । तीन खेलको सिरिजमा श्रीलंकाले १–० ले अग्रता लिएको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!