सिंगापुरसँग हार्नुको कारण के हुन्? यस्तो भन्छन् पारस र सन्दीप

काठमाडौं, साउन १२ । नेपाली क्रिकेट टिमका कप्तान पारस खड्काले आफूहरुले राम्रो खेल्न नसकेकाले पराजित हुनुपरेको प्रतिक्रिया दिएका छन् । सिंगापुरको राम्रो ब्याटिङ्गका कारण आफूहरु पराजित भएको उनले बताए ।

टि–२० विश्वकप क्रिकेटको एशियाली क्षेत्रको छनौट अन्तर्गत आइतबार सिंगापुरसँग ८२ रनले पराजित भएसँगै शीर्ष वरियताको ११ औँ स्थानमा रहेको नेपाल १६ राष्ट्र सहभागिता जनाउने टी–२० विश्वकप खेल्ने मौकाबाट चुकेको छ ।

खेलपछिको पत्रकार सम्मेलनमा नेपाली टोलीका कप्तान पारस खड्काले भने, ‘सिङ्गापुरले राम्रो खेल्यो। मैदान ब्याटिङको लागि राम्रो थियो र हामीले जित्न सक्थ्यौँ तर हामीले राम्रो ब्याटिङ गर्न सकेनौँ।’’

याे पनि पढ्नुस  अमेरिकाद्धारा सन्दीपलाई भिसा दिन अस्वीकार

यस्तै नेपाली टोलीका स्टार खेलाडी सन्दीप लामिछानेले खेलपछि सिंगापुरसँगको नतिजा निकै निराशाजनक रहेको बताए । सिंगापुरले निकै राम्रो खेलेको र आफूहरुले बलिङ्ग, ब्याटिङ्ग तथा फिल्डिङ्गमा उसलाई भेट्टाउन नसकेको सन्दीपको भनाई छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!