संघीय र प्रदेश प्रहरीको पोशाक एउटै

काठमाडौं, साउन १२ : सांसदहरुले संघीय प्रहरी र प्रदेश प्रहरीको पोशाक एउटै बनाउने प्रताव गरेका छन्। संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा सांसदहरुले उक्त प्रस्ताव गरेका हुन्।

समितिमा भएको छलफलका क्रममा प्रहरी प्रमुख सर्वेन्द्र खनाल र गृहसचिव प्रेमकुमार राईले पनि संघीय र प्रदेश प्रहरीको पोशाक एकै रंगको बनाउने सांसदहरुको प्रस्तावमा सहमति गरेका हुन्।

‘पोशाक रंगिविरंगी बनाउनु हुन्न, एउटै जानुपर्छ’, उनले भने, ‘ब्याच र लोगो फरक–फरक बनाएर जानु राम्रो हुन्छ।’ गृहसचिव राईले सरकारले चाहेमा सातवटै प्रदेशका प्रहरीलाई फरकफरक पोशाक तोक्न सकिने बताउँदै तर सकेसम्म एकै बनाउँदा राम्रो हुने बताए।

याे पनि पढ्नुस  दक्षिण सुडानमा सशस्त्र प्रहरी थपिने

‘प्रदेश प्रहरीको पोशाकमा प्रदेश सरकारले निर्धारण गरे बमोजिम राष्ट्रियता र प्रदेशको पहिचान झल्किने गरि कुनै लोगो राख्न सकिन्छ’, उनले भने।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!