फलामे भरुवा बन्दुकसहित दुई पक्राउ

सिरहा, साउन १२ । प्रहरीले फलामको भरुवा बन्दुक (लामो हतियार) सहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कल्याणपुर नगरपालिका ११ परचिलवाका १९ वर्षिय मनिष मण्डल र कल्याणपुर नगरपालिका ३ इटारी प्रसाहीका २४ वर्षीय मो जाकिर मंसुरी रहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता अपिलराज बोहराले बताए ।

प्रहरी टोलीले गोप्य सूचनाको आधारमा पछ्याउँदै जादा मण्डल र मंसुरीलाई कल्याणपुर नगरपालिका ११ परचिलवावाट पक्राउ गरेको प्रहरीले जनाएको छ । भारतीय नं. प्लेटर बीआर ३२ क्यू १३८० मा राखेको घुमफिर गर्दैगर्दा दुवैलाई पक्राउ गरिएको प्रवक्ता वोहराले बताए । दुवैलाई इलाका प्रहरी कार्र्यायल मिर्चैयामा राखेर थप अनुसंधान थालिएको प्रहरीले जनाए । नयाँपत्रिकादैनिकबाट

कमेन्ट गर्नुहोस्

error: Content is protected !!