रंंगशाला निर्माणका लागि सहयोग गर्ने बढ्दै, एकैदिन ८४ लाख संकलन

चितवन, साउन १२ । चितवनमा निर्माण भइरहेको गौतमवुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि जिल्लामा रकम उठ्नेक्रम बढेको छ । आज (आइतबार) मात्रै जिल्लाका विभिन्न संघ–संस्था र व्यक्तिले रंगशाला निर्माणका लागि ८४ लाख रकम सहयोग गरेका छन् ।

भरतपुर महानगरपालिका नगरकार्यपालिकाका सदस्यहरुको एक महिनाको तलब र कर्मचारीहरुको तीन दिनको पारिश्रमिक गरी जम्मा भएको ५० लाख रकमको चेक महानगरपालिकाकी मेयर रेनु दाहालले धुर्मस–सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल ‘धुर्मस’ लाई आइतवार हस्तान्तरण गरिन् ।

महानगरपालिकाका सरकारी विद्यालयका शिक्षकहरुको भने रकम उठन बाँकी नै रहेको जनाएको छ । शिक्षकहरुसँग आवश्यक छलफल पछि मात्रै रकम संकलन गरेर दोस्रो किस्ताका रुपमा फाउण्डेशनलाई हस्तान्तरण गरिने महानगरका प्रमुख प्रशासकीय अधिकृत नेत्र सुवेदीले जानकारी दिए ।

याे पनि पढ्नुस  अान्दाेलन हिंसात्मक बनाउने षडयन्त्र भएपछि भरतपुरका केही क्षेत्रमा निषेधाज्ञा घाेषणा

प्रशासकीय अधिकृत सुवेदीले आफ्नो व्यक्तिगततर्फबाट १ लाख ५१ हजार १५१ रुपैयाँ रंगशाला निर्माणका लागि दिए । यस्तै, चितवन उद्योग संघले पूर्व घोषणा गरेको ५१ लाख मध्ये पहिलो किस्ता वापत १२ लाख ७५ हजारको चेक संघका अध्यक्ष भेषराज दुवाडीले फाउडेशनका अध्यक्ष कट्टेललाई दिए । यस्तै अक्सफोर्ड कलेका प्रिन्सिपल हरि भण्डारीले दोस्रो किस्तावापत २ लाख ३३ हजार ३ सय ३३ रुपैयाँ दिए । उनले यसअघि नै २ लाख ३३ हजार ३ सय ३३ दिइसकेका छन् ।

हंस बहुउद्धेश्यीय सहकारीका अध्यक्ष दिनेश चुकेले संस्थाका तर्फबाट १० लाख दिने घोषणा गरे । व्यवसायी मित्रराज दवाडीले सर्वशक्ति सहकारीबाट ५ लाख ५५ हजार ५ सय ५५, लायन्सकर्मी रामप्रसाद भट्टले १ लाख १ हजार, चितवन जिल्ला वचत सहकारीबाट १ लाख दिने घोषणाा गरिएको छ ।

याे पनि पढ्नुस  प्रहरी र रवि लामिछाने समर्थक झडप, डीएसपीसहित ७ जना घाइते

कमेन्ट गर्नुहोस्

error: Content is protected !!