नवनियुक्त मुख्यन्यायाधिवक्ता थपलियाले लिए सपथ

हेटौंडा, साउन १२ ।  प्रदेश नं ३ का नवनियुक्त मुख्यन्यायाधिवक्ता ओमप्रकाश थपलियाले पद तथा गोपनीयताको सपथ लिएका छन् ।

प्रदेश प्रमुख अनुराधा कोइराला तथा मुख्यमन्त्री डोरमणि पौडेलको समुपस्थितिमा प्रदेश प्रमुख कार्यालयको सभाकक्षमा आज आयोजित कार्यक्रममा पाटन उच्च अदालतका मुख्य न्यायाधीश कुमार चुडालले शपथ दिलाएका थिए ।

यसअघिका मुख्यन्यायाधीवक्ता सूर्यचन्द्र न्यौपानेले राजीनामा दिनुभएकाले थपलियालाई यही साउन ८ गते सो पदमा नियुक्त गरिएको थियो

कमेन्ट गर्नुहोस्

error: Content is protected !!