कम्युनिष्ट सरकारले जेष्ठ नागरिकको छोराछोरीले सरह सेवा गरेको छ : भट्टराई

भक्तपुर, साउन १२ । गरिबी निवारण कोषका उपाध्यक्ष निर्मल भट्टराईले वर्तमान सरकारले नेपालका सम्पूर्ण जेष्ठ नागरिकलाई छोरा छोरीले सरह सेवा गरिरहेको बताएका छन् ।

अन्तराष्ट्रिय आमाबुवा दिवसको अवसरमा मध्यपुर युथ क्लबले द्योमाँ जेष्ठ नागरिक आश्रमका जेष्ठ नागरिकलाई भोजन गराउने कार्यक्रममा सो कुरा बताएका हुन् । सामाजिक सुरक्षाको क्षेत्रमा वर्तमान सरकारले उल्लेख्य काम गरिरहेको उनको कथन थियो । सोही कार्यक्रमा बोल्दै मध्यपुर थिमी नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले जेष्ठ नागरिक आश्रमका लागि चाहिने थप भौतिक पूर्वाधारको व्यवस्था गर्न नगर पालिका कटिबद्ध भएर लागिरहेको जानकारी दिए ।

याे पनि पढ्नुस  मध्यपुर ठिमीमा रातभर जागे महाकाली, भैरव र नीलबाराही

कार्यक्रममा नेपाल पत्रकार महासंघ भक्तपुर शाखाका सभापति पुष्कर बुढाथोकी, क्लबका अध्यक्ष राजेन्द्र प्रजापति, अधिवक्ता शिवसुन्दर श्रेष्ठ लगायतले विश्व आमावुवा दिवशको शुभकामना दिएका थिए ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!