फाइनलमा हारेको नेपाल कसरी बन्यो तेस्रो?

काठमाडौं, साउन १२ । सिंगापुरमा रहेको नेपाली क्रिकेट टोलीले गलामा भिरिसकेको दोस्रो स्थानको मेडल फिर्ता गर्नुपरेको छ । ग्लोबल छनौटमा पर्न नसकेर हारको पीडामा रहेको नेपाली क्रिकेट टोली फाइनलमा पराजित भएपनि तेस्रो स्थानमा पुग्नुपरेको छ ।

आयोजकले फाइनलमा पराजित नेपाली क्रिकेट टोलीलाई सुरुमा उप–विजेता घोषणा गरी मेडल दिएपनि पछि खोसेको छ । सबै खेलाडीलाई लगाइदिइसकेको मेडल खोसेर आयोजकले पछि कतारलाई उप–विजेता घोषणा गर्यो । समान ४–४ अंक भएपनि कतार रन रेटका आधारमा अगाडि रहेकाले नेपाल तेस्रो भएको घोषणा गरिएको हो ।

प्रतियोगिताको उप–विजेता कतार रहेपनि सुरुमा हतार गरेर नेपाली खेलाडीलाई मेडल लगाएर फिर्ता गरिएको थियो ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!