एक महिनापछि खुल्यो खाँदबारी–किमाथांका सडक

संखुवासभा, साउन १२ । अविरल वर्षासँगैको पहिरोले अवरुद्ध बनेको खाँदबारी–किमाथांका सडक सञ्चालनमा आएको छ । गत असार २ गते आएको पहिरोले खाँदबारी–किमाथांका सडकखण्डको मकालु गाउँपालिका–५ र ३ जोड्ने नयाँबस्तीमा पहिरो झरेपछि सडक अवरुद्ध भएको थियो ।

सडक विभाग र नेपाली सेना र स्थानियको सक्रियतामा एक महिलापछि खाँदबारी किमाथांका सडक खुलाइएको उत्तर दक्षिण कोशी सडक कार्यालयका प्रमुख गौतम कुमार श्रेष्ठले जानकारी दिए । खाँदबारी किमाथांका सडक अवरुद्ध भोटखोला गाउँपालिकासँग सम्बन्ध टुटेको थियो । सडक सुचारु भएपछि खाँदबारीबाट भोटखोला जाने यातायात एकतर्फी सञ्चालनमा आएको छ ।

पहिरो मकालु गाउँपालिका–३ हेदाङनागढीमा थुनिएका आधा दर्जन गाडी सदरमुकाम फर्किएको उत्तर दक्षिण कोशी सडक प्रमुख श्रेष्ठले बताए । एकतर्फी सडक सञ्चालन आएपछि मकालु गाउँपालिका केही वडा र भोटखोला गाउँपालिकामा यातायात साधन पुगेका छन् । पहिरो हटाउन सडक विभागले निरन्तर डोजर प्रयोग गरेको थियो । सडक अवरुद्ध हुँदा भोटखोलामा खाद्यान्न संकट भएको भन्दै स्थानियले जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्रसमेत बुझाएका थिए । सडक सञ्चालन भएपछि भोटखोला गाउँपालिका–१ वरुण दोभानसम्म यातायात सञ्चालन बताइएको छ । असार २ गतेको आएको अविरल बर्षाले पहिरोले मकालु–३ को नयाँबस्तीमा ठूलो पहिरो खसेपछि स्थानिय आवतजावत गर्न नसक्ने अवस्था भएको थियो। मकालु युवा समाज १२ जना,नेपाली सेनाका १२ जनाले फ्याक्सिन्दा दोभान देखि नयाँबस्तीसम्म बाटो मर्मत गरेको समाजका अध्यक्ष नुर्वु शेर्पाले बताए।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!