स्विमिङपुलमा डुबेर एकको मृत्यु

चितवन, साउन १२ । पौडी पोखरी (स्विमिङपुल)मा डुबेर शनिबार राति एकको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मृत्यु हुनेमा काठमाडौँ बूढानीलकण्ठ नगरपालिका वडा नं ४ नारायणथान बस्ने ४८ वर्षीय छन्दबहादुर थापा रहेका छन्।

काठमाडौँबाट घुम्नका लागि चितवन आएका थापाको पूर्वी चितवनको सौराहामा रहेको होटल रेन फरेष्टको स्विमिङपुलमा डुबेर मृत्यु भएको हो । स्विमिङ गर्न जाने क्रममा स्विमिङपुलमा डुबेर बेहोस भएका थापाको उपचारका क्रममा शनिबार राति ८ः४० बजे चितवन मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ । रासस

कमेन्ट गर्नुहोस्

error: Content is protected !!