दिदीको घरमा रोपाँइ गर्न गएका भाइको मृत्यु ! दाइ घाइते

तम्घास, साउन १२ । अविरल वर्षाका कारण सत्यावती गाउँपालिकाको घटना सेलाउन नपाउँदै कालीगण्डकीमा पीडा थपिएको छ ।

कालीगण्डकी गाउँपालिका वडा नं ७ छापचौरमा शनिबार राति ११ बजे विष्णु परियारको घर भत्किदाँ दिदीको घरमा रोपाँइ गर्न आएका सोही वडा नेताका १३ वर्षका पुन्य परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक मिन घलेले जानकारी दिए । घलेका अनुसार घर भत्किदाँ बहिनीको घरमा रोपाँइ गर्न आएका ३५ वर्षका यम परियार पनि घाइते भएका छन् ।

याे पनि पढ्नुस  के मृत्युपछि पनि जीवन निरन्तर छ त?

यस्तै घाइतेहरुमा विष्णु परियारकी ३३ वर्षकी श्रीमती खिमा परियार, १२ वर्षका छोरा साजन परियार, १० महिनाकी छोरी सोनी परियार, र बर्ष ३४ की भेषकुमारी परियार घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पा लगिएको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ । घाइतेहरुमध्ये भेषकुमारी र खिमा परियारको अवस्था गम्भिर रहेको घलेले बताए।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!