नेपालविरुद्ध नायक बनेका डेभिड पूर्वअष्ट्रलियन क्रिकेटर

काठमाडौं, साउन १२ । नेपाललाई ८२ रनले हराउँदै सिंगापुर टि–२० विश्वकप क्रिकेटको विश्वस्तरको छनोटमा पुगेको छ। राउन्ड रोबिनको अन्तिम तथा निर्णायक खेलमा आइतबार दाबेदार मानिएको नेपाललाई हराउँदै सिंगापुर १४ टोली सहभागी हुने विश्वस्तरको छनोटमा पुगेको हो।

पहिला ब्याटिङ गरेको सि‌ंगापुरले १९२ रनको लक्ष्य प्रस्तुत गरेको थियो यो विशाल लक्ष्य बनाउन सिंगापुरका टिम डेभिडले शानदार प्रदर्शन गरे । यो खेलमा उनले एक सय ७९ रनको स्ट्राइक रेटमा ७७ रन बनाए। डेभिडले तीन छक्का र ८ चौकाको मद्दमा ४३ बलमा ७७ रन बनाएका थिए ।

२३ वर्षीय डेभिड अष्ट्रेलियाको उमेरस्तरको राष्ट्रिय प्रतियोगिता खेलिसकेका खेलाडी हुन्। उनले अस्ट्रेलियाको यू–२३ राष्ट्रिय प्रतियोगितामा वेस्टर्न अष्ट्रेलियाबाट खेलेका थिए।

उनले अष्ट्रेलियन युनिभर्सिटिज, पर्थ स्कर्चर्स, वेस्टर्न अष्ट्रेलिया–११ बाट खेलिसकेका छन्। सन् २०१९ देखि डेभिडले सिंगापुरका लागि खेल्न थालेका हुन्। अघिल्लो वर्षसम्म उनले अष्ट्रेलियाको घरेलु प्रतियोगिता खेलेका थिए।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!