भैँसी बोकेको ट्रकसँग बस ठोक्किँदा एकको मृत्यु, ५ जना घाइते

चितवन, साउन १२ । इच्छाकामना गाउँपालिका–४ फिस्लिङस्थित पृथ्वी राजमार्गमा आज बिहान ट्रकको पछाडि बस ठक्कर खाँदा बसमा सवार एक जनाको मृत्यु भएको छ भने पाँच घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार मृत्यु हुनेमा झापाको मेची–२ बस्ने २३ वर्षीय भानु तिमिल्सिना रहेका छन्।

उपचारका लागि भरतपुरतर्फ ल्याउँदै गर्दा उनको बाटोमै मृत्यु भएको हो। गौरबाट भैँसी लिएर काठमाडौँतर्फ जाँदै गरेको ना७ख २५६१ नंको ट्रकलाई काँकडभिट्टाबाट काठमाडौँ जाँदै गरेको ना५ख ४८१९ नंको बसले पछाडिबाट ठक्कर दिँदा दुर्घटना भएको हो।

याे पनि पढ्नुस  बहुविवाहको आरोपमा एक जोडी पक्राउ

दुर्घटना बिहान ४ः४५ बजे भएको थियो। दुर्घटनामा परी घाइते भएकाहरुको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ। सबैको अवस्था मध्यम रहेको छ। ट्रक र बस चालक प्रहरीको नियन्त्रणमा रहेका छन्।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!