नेपाली भाषा-साहित्य सम्मेलन अमेरिकाको बोस्टनमा हुने

साउन १२ । गैर आवासीय नेपाली संघको प्रथम अन्तर्राष्ट्रिय नेपाली भाषा–साहित्य सम्मेलन अमेरिकाको म्यासाचुसेट्स राज्यको बोस्टनमा हुने भएको छ । आगामी सेप्टेम्बर १ र २, २०१९ का दिन मेरीओटद्वारा संचालित फेयर फिल्ड इन नामक (होटल) अतिथि गृहमा हुने जानकारी प्रचारप्रसार समितिको संयोजक सर्वज्ञ वाग्लेले दिएका छन् ।

गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद भाषा साहित्य उपसमितिले नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति गंगा उप्रेतीको प्रमुख आतिथ्यमा अमेरिकाको बोस्टनमा गर्न लागेको जनाएको छ ।

स्मरण रहोस्, गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आगामी अक्टोबर १३–१६, २०१९ मा ९औं महाधिवेशन तथा विश्व सम्मेलन गर्ने निर्णय समेत गरिसकेको छ । काठमाडौँ नेपालमा विश्व सम्मेलनको ठिक डेढ महिना अगाडि हुने प्रथम अन्तर्राष्ट्रिय नेपाली भाषा-साहित्य सम्मेलन निकै महत्वका साथ हेरिएको छ । र उक्त कार्यक्रममा विश्वबाट गैर आवासीय नेपाली संघ अभियानमा होमिएका विभिन्न सामाजिक अभियन्ताहरु समेतको उपस्थिति हुने वाग्लेले जनाएका छन् ।

उक्त प्रथम नेपाली भाषा साहित्यको अन्तर्राष्ट्रिय सम्मेलनलाई भव्यरुपमा सम्पन्न गर्नका विभिन्न सल्लाहकार, संयोजक ,सहसंयोजक र सदस्यहरु रहेको मूल समिति समेत निर्माण गरिएको छ ।

सल्लाहकारहरुमा क्रमस भवन भट्ट, अध्यक्ष गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद सजिवा लामिछाने पूर्व अध्यक्ष, हिक्मत थापा कोषाध्यक्ष, गौरीराज जोशी संयोजक, गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद उत्तर अमेरिका नबिन शेरचन उप संयोजक, सुनिल शाह
अध्यक्ष, राष्ट्रिय समन्वय परिषद अमेरिका संयोजक गोविन्दप्रसाद गौतम रसिया सह संयोजक डा गोविन्दसिं रावत (विद्यावारिधि क्यानडा) सदस्य सचिव सुरेन उप्रेती क्यानडा रहेका छन् ।

यसैगरी सदस्यहरुमा क्रमशः डा. लेखनाथ काफ्ले ताइवान, रमेश कँडेल युगान्डा, सदस्य महेश्वर पन्त अमेरिका, इश्वरी भट्ट अमेरिका, सर्वज्ञ वाग्ले अमेरिका, विमल गिरी बेल्जियम, निलम कार्की अमेरिका, कमला प्रसाई अमेरिका, मणी पनेरु अमेरिका, भगवती बस्नेत इज्रायल, अमित राई कुवेत, गणेश घिमिरे अष्ट्रेलिया, फणिन्द्र भट्टराई वेलायत, मनमूर्ती भुर्तेल रसिया, सानु घिमिरे अस्ट्रेलियाm ओम गुरुङ स्पेन, रामकृष्ण शर्मा अष्ट्रेलिया, महेन्द्र कँडेल यूके, प्रकाश पौडल जापान रहेका छन् ।

त्यस्तैगरी कार्यक्रमलाई भव्यताको साथ सफल बनाउन आयोजना स्थल बोष्टनमा ब्यवस्थापन समितिको संयोजक महेश्वर पन्त, आर्थिक समितिको संयोजक इश्वरी भट्ट र प्रचारप्रसार समितिको संयोजक सर्वज्ञ वाग्लेको संयोजकत्वमा स्थानिय संघसंस्थाका प्रतिनिधि रहेका उपसमितिहरु रहने जानकारी छापा विज्ञप्ति मार्फत गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्यव समिति भाषा साहित्य उपसमितिका संयोजक गोविन्दप्रसाद गौतमले जानकारी गराएका छन् ।

व्यवस्थापन समितिको संयोजक महेश्वर पन्त, आर्थिक समितिको संयोजक इश्वरी भट्ट र प्रचारप्रसार समितिको संयोजक सर्वज्ञ वाग्लेले अमेरिकाका सबै गैर आवासीय नेपाली समुदायलाई सहभागी हुन् आब्हान समेत गरेका छन् ।

बिस्तृत जानकारीको लागि यहाँ थिच्नु होला ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!