२२ वटा एम्स अस्पतालका अध्यक्षलाई मन्त्रीस्तरीय अधिकार

 

नयाँ दिल्ली । भारतको नयाँ दिल्लीमा रहेको अखिल भारत आर्युविज्ञान संस्थान (अल इण्डिया इन्स्च्यिूट अफ मेडिकल साइन्स) लाई नमुना अस्पतालको रुपमा विकास गर्न भारत सरकारले महत्वपूर्ण निर्णय गरेको छ ।

भारतभरी रहेका एम्सका २२ वटा अस्पतालका अध्यक्ष पदमा सेवानिवृत्त अनुभवी चिकित्सकलाई नियुक्त गरेसँगै सरकारले उनीहरुको अधिकारक्षेत्रमा समेत वृद्दि गरेको हो ।

केन्द्रीय स्वास्थ्यमन्त्री डा. हर्षवर्धनले यी सबै २२ अध्यक्षहरुसँग पहिलोपटक संयुक्त बैठक गर्दै बिरामीको उपचारमा आवश्यकता अनुसार उचित निर्णय लिन जोड दिए ।

बैठकमा मन्त्री डा. हर्षबर्धनले अब उप्रान्त बिरामीको उपचार, चिकित्सकीय शोध, कुनै प्रकारको बजेट र अन्य कुराको अनुमनति आवश्यक पर्ने छैन । एम्सका सबै अध्यक्षहरुले आफ्नो स्तरमा संस्थानको विकास र बिरामीको हितसँग जोडिएका निर्णय लिने अधिकार राख्नेछन् । दिल्ली एम्सजस्तै देशका अन्य एम्सका अध्यक्षहरुलाई समेत मन्त्रीसँग हुने सबै अधिकार दिइएका छन् ।

कतिपय अवस्थामा प्रशासनिक स्तरमा नयाँ कामको शुरुआत गर्दा सरकारबाट अनुमति लिन निकै समय लाग्ने भएकोले यो अधिकार दिइएको हो ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!