टिम हार्दा पनि पारसले बनाए कीर्तिमान

काठमाडौं, साउन १२ । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्का टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा पाँच सय रन पूरा गर्ने पहिलो नेपाली खेलाडी बनेका छन्।

आईसीसी टी–२० क्वालिफायर एसियामा सिंगापुर विरुद्धको खेलमा १० रन बनाएपछि पारसले उक्त उपलब्धि हासिल गरेका हुन्।

सिंगापुरविरुद्ध खेल्नुअघि पारसको नाममा ४९५ रन थियो। उनले सिंगापुरविरुद्ध पहिलो ओभरमै १० रन बनाउँदै ५०० रन पूरा गरे।

सिंगापुरका विनोद प्रकाशलाई पहिलो बलमै चौका हानेका पारसले दोस्रो बलमा रन जोड्न सकेनन्। तेस्रो बलमा छक्का प्रहार गर्दै उनले पाँच सय रनको कोसेढुङ्गा पार गरे।

यद्यपि पारस १२ रन बनाएर आउट भए। उनले १० बल खेल्दै १ चौका र १ छक्का प्रहार गरे।पारसले उक्त कीर्तिमानका लागि २० इनिङ्स खेल्दै ३ अर्धशतक समेत प्रहार गरेका छन्।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!