सिंगापुरविरुद्ध पिटिए बसन्त, खर्चिए बिनाविकेट ५४ रन ! (LIVE)

काठमाडौं, साउन १२ । आइसीसी टि–२० विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत आफ्नो अन्तिम खेलमा सिंगापुरविरुद्ध नेपालका अनुभवी स्पिनर बसन्त रेग्मीले करियरकै खराब प्रदर्शन गरेका छन् । अघिल्लो खेलमा उत्कृष्ट प्रदर्शन गरेका उनले आज भने ४ ओभरमा बिनाविके ५४ रन खर्चिएका छन् । त्यसक्रममा उनले ३ छक्का र ५ चौका दिए । यस्तै सन्दीप लामिछानेले पनि ३ ओभरमा बिनाविकेट ३४ रन दिइसकेका छन् ।

आज नेपालले टस हारेर बलिङको मौका पाएको हो । नेपालले आजको खेलमा कुनै खेलाडी परिवर्तन गरेको छैन । कुवेतसँगको टोलीनै निरन्तरता उतारेको छ ।

नेपालको प्लेइङ ११ः पारस खड्का (कप्तान), ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, वसन्त रेग्मी, सोमपाल कामी, अभिनाश बोहरा, सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी, विनोद भण्डारी, करण केसी, रोहितकुमार पौडेल ।

आजको विजेता टोली आगमी अक्टोबरमा यूएईमा हुने ग्लोबल छनोटमा स्थान बनाउने छ । नेपाल पराजित भए वा वर्षाको कारण अंक बाँड्नु परे विश्वकप खेल्ने सपना सकिने छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!